आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

शंकर पोखरेल र योगेश भट्टराईसँग रिसाए मेयर चौधरी

दैनिक नेपाल २०७६ जेठ २६ गते ९:५२

विराटनगर, २६ जेठ । इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले नेताद्वय शंकर पोखरेल र योगेश भट्टराईले घटनाको सत्यतथ्य नबुझी फेसबुक स्टाटस लेखेको बताएका छन् ।

शनिबार इटहरीस्थित उपमहानगरमा पत्रकारहरूसंगको संक्षिप्त कुराकानीका क्रममा मेयर चौधरीले पार्टीका दुवै नेताले आफूसँग घटनाबारे नबुझी समाजिक सञ्जालमा प्रतिक्रिया दिएकोमा असन्तुष्टि जनाएका हुन् ।

‘दुवै नेताले बडो फेसबुक चलाउने, बडो स्टाटस लेख्ने । उनीहरू मात्र जान्दछन् ?’, उनले भेन, ‘हामी जान्दैनौँ ? उहाँहरूले घटनाबारे मलाई फोन गर्न सक्नुहुन्नथ्यो ?’

दुवै नेताहरूको फेसबुक स्टाटसका सन्दर्भमा उनले सार्वजनिक रुपमा माफी माग्ने कुरा उचित नभएको स्पस्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित