सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

रमदानको अवसरमा युएईमा फुटबल, लमजुङ फुटबल क्लबले चुम्यो उपाधि

दैनिक नेपाल २०७६ जेठ २५ गते १७:३६

यूएई, २५ जेठ । मुस्लिम समुदायको महान चाड रमदानको अवसर पारेर संघीय लिम्बुवान मञ्च समाज युएईले आयोजना गरेको युएईब्यापी एक दिने नेपाली फुटबल टुर्नामेन्ट दुबई शहरको अलकोज डलस्को फुटबल खेल मैदानमा भएको छ ।

हिपात फुटबल क्लबलाई १ बिरुद्द २ गोल गरी लमजुङ फुटबल क्लबले विजयी हासिल गरेको छ । विजय हासिलसँगै लमजुङे टिमले ५ हजार दिराम नगद साथ प्रमाण पत्र, कप र मेडल प्राप्त गरेको छ । हिपात फुटबल क्लबले द्वितिय भएबापत ३ हजार ५०० दिराम नगद राशिका साथ प्रमाणपत्र, कप र मेडल प्राप्त गरेको छ ।

विजयीलाई संघीय लिम्बुवान मञ्च समाज युएईका अध्यक्ष लासहांग निङग्लेकुले पुरस्कार प्रदान गरेका थिए । खेलमा सयपत्री रेष्टुरेन्टले स्पोन्सोर गरेको थियो ।

प्रतियोगितामा कास्की आदर्श सेवा समाज फुटबल क्लब, हिपात फुटबल क्लब, संघीय लिम्बुवान मञ्च समाज फुटबल क्लब, ईलाईट फुटबल क्लब, न्यु ब्याइज फुटबल क्लब, माउन्ट एभरेष्ट फुटबल क्लब, लमजुङ फुटबल क्लब, युनाइटेड स्टार फुटबल क्लब, रसअलखैमा फुटबल क्लब, गोरखा ११ फुटबल क्लब, आईएनसी पार्को कमिटी फुटबल क्लब, नेपाली टाइगर फुटबल क्लब, रुपन्देही ११ फुटबल क्लब, एएनएफसी, एनएसजी राक, एमएम एफसी र गोर्खाली एफसी क्लबले भाग लिएका थिए ।

खेलाडि किङरिङ मगर उत्कृष्ट खेलाडी घोषित भए । सुबि तामाङ उत्कृष्ट गोलरक्षक भएका थिए । लमजुङ एफसीका ताराबहादुर गुरुङले प्रतियोगिता अवधिभर सवैभन्दा बढी गोलकर्ता, म्यान अफ दि म्याच र अनुशासित खेलाडीको उपाधि पाए ।

लमजुङ समाज युएईले लमजुङ समाज युएईका खेलकुद प्रमुख राजु घले, ब्यबस्थापन तर्फ एफसी आइकार्ड अमृत गुरुङ, बादल घिसिङ र कृष्ण गौतम, लमजुङ समाज युएईका पुरन लामा, अर्जुन बहादुर गौली, मुक्ति गुरुङ, तारा गुरुङ, छवि गुरुङ, बिष्णु गुरुङ, मीन कुमारी गुरुङ, सपना गुरुङ, अनिता गौली, शिवजंग गुरुङ, चेत गुरुङ, धन बहादुर गुरुङ, धर्म डाइमन्ड गुरुङ, कुसन गुरुङ, याक गुरुङ, आइता गुरुङ, कर्म राज तामाङ, भीम गुरुङ (सविनय), अनुज गौली, उमर घले, युवराज गुरुङ, विष्णु थापा, नारायण गुरुङ लगायतलाई धन्यावाद ज्ञापन गरेको छ ।

लमजुङ समाज युएईका संरक्षक सदस्य अर्जुन बहादुर गौलीले यो जीतले लमजुङेमा थप गौरवान्वित भएको र हौसला बढेको बताए । उनले सबै खेलाडी र व्यवस्थापकलाई लमजुङ समाज युएईको तर्फबाट धन्यावाद ज्ञापन गर्दै समाजले युवाहरुलाई खेलकुदको माध्यमबाट अघि डोर्याएर लाने बताए ।

लमजुङ समाज युएईले छिटोभन्दा छिटो एउटा छुट्टै लमजुङ एफसी टिम तयार गरि युएईमा एउटा नमूना क्लबको रुपमा विकसित गरि लमजुङ समाज युएई र जिल्लालाई चिनाउन सफल भएको उनले दावी गरे । खेलाडीको हौसला बढाउन दुईजोर खेलाडी पोशाक बनाउने तयारीमा रहेको समेत संरक्षक सदस्य अर्जुन बहादुर गौलीले बताए ।

प्रतिक्रिया
सम्बन्धित