७ कार्तिक २०८३, शनिबार

सुन हरायो

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ जेठ । पशुपतिनाथ मन्दिरमा भेटी चढाउने हजारौं हुन्छन्। दैनिक कम्तीमा सवा लाख र बढीमा तीन लाख रुपैयाँसम्म संकलन भएको कोषको तथ्यांक छ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

पशुपतिमा भेटीजस्तै सुन चढाउनेको संख्या पनि पनि कम छैन। तर श्रद्धाले जति सुन चढाइन्छ, त्यसको अभिलेख पनि श्रद्धाले राख्ने मान्छेको अभाव देखिएको छ।

५६ वर्ष अवधिमा पशुपतिमा सुन कति चढ्यो होला ? तर धेरैको अनुमानविपरीत ९ किलो मात्र सुन चढाएको पाइएको छ। यो तथ्यांक २०१९ सालयताको हो। २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण अभिलेखमा छैन। २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ को पनि सुनको अभिलेख छैन।

कोषकै कर्मचारी सुन चढाएको मिति उल्लेख भए पनि सुनको विवरण नदेखिएको बताउँछन्। ‘यो सुन ढुकुटीमा नराखी गायब बनाइएको अनुमान सहजै गर्न सकिन्छ किनकि मुचुल्का देखिन्छ, लगत भेटिन्छ तर सुनको मात्रा खुलाइएको छैन।’

कर्मचारीकै यो भनाइले पशुपतिमा चढाइने सुनको वास्तविकता छर्लंग हुन्छ। २०६८ सालमा नियमावली बनाएपछि भने यो अवस्थामा खासै समस्या नभएको कर्मचारी र कोष परिषद्का सदस्यको भनाइ छ।

२०२१ देखि २०२६ सालसम्म कसैले पनि पशुपतिनाथमा सुन चढाएको अभिलेख नदेखिएको संयोजक थापाले जानकारी दिए। प्रतिवेदनअनुसार पशुपतिनाथमा जम्माजम्मी ९ किलो २७६.६४ ग्राम सुन रहेको पाइएको छ।

त्यो २०१९ सालदेखि २०७५ सालसम्ममा भक्तजनले चढाएर विवरणमा राखिएको मात्र हो। संयोजक थापाले श्रीपशुपतिनाथको मूल ढुकुटीमा रहेको अभिलेखलाई आधार बनाएर खोजी गरिएको बताए।

सुन भने मूल ढुकुटीमा राखिँदै आएको पाइन्छ। कोषले केही वर्षअघि मूलढुकुटी खोल्ने प्रयास गरे पनि सर्वोच्चमा रिट पर्‍यो। सर्वोच्चले २०६६ पुस २७ मा परमादेश जारी गरेपछि पशुपतिको जायजेथा के कति छ खोलेर हेर्न नमिल्ने भएको छ।