आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

बलात्कृत भएकी यी युवतीकाे कार्यले विश्वकाे ध्यान तान्याे

दैनिक नेपाल २०७६ जेठ २४ गते ६:४८

लण्डन । नेदरल्याणड्सको केआर्नहेम सहरमा बस्दै आएकी एक युवतीले इच्छामृत्युको अधिकार प्रयोग गरी आत्महत्या गरेकी छन् ।

१७ वर्षीय युवती नोआ पान्टहोवेनले गत आइतबार आफ्नै घरमा सरकारी क्लिनिकका कर्मचारीको सहयोगमा आत्महत्या गरेकी हुन् ।

नोआले आफू बच्चा हुँदा यौन उत्पीडनमा परेको बताएकी थिइन् । उनले भनेकी छन्, ‘जीवनमा दुई पटक बलात्कारको शिकार भएँ । जब म ११ वर्ष हुँदा त्यस्ताे घटना भएकाे थियो, फेरि १४ वर्षकाे हुँदा त्यस्तै अवस्था भोगेँ ।’

बलात्कारको शिकार भएकी नोआले त्यही चिन्ताले आफूलाई भोक नलाग्ने रोग लागेको बताउँदै आएकी थिइन् ।

पछिल्लो हप्ता नोआले आफ्नो इन्स्टाग्राममा एक सन्देश पोस्ट गर्दै आफूले कानूनको सहयोगमा आत्महत्या गर्न लागको जानकारी गराएकी थिइन् ।

१० हजारभन्दा बढी फ्लोवर्स भएको इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘मैले दुःखसँग धेरै लड्दै आएँ । अब त थाकिसकेँ ।’ पछिल्लो समय नोआले इच्छामृत्युपत्र पाउनका लागि क्लिनिकसँग सम्पर्क गर्दै आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित