मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

राजा घलेको जाेडीले जित्यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता

दैनिक नेपाल २०७६ जेठ २१ गते १७:०४

अमेरिका, २१ जेठ । अमेरिकाको एटलान्टामा सम्पन्न दम्पत्ति अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पर्यटनदूत राजा घले तथा उनकी जीवन संगिनी र बिद्या गुरुङ प्रथम भएका छन् ।

एटलान्टास्थित सोनेस्टा होटेलमा युनिभर्सल ट्यालेन्ट ब्युटी एकाडमीद्वारा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्राय भारतीय मूलका प्रतिष्पर्धी भएता पनि अन्त्यमा नेपालका प्रतिद्वन्दी पर्यटनदूत राजा घले प्रथम र बिद्या गुरुङ दोस्रो भएका छन् ।

राजा घलेले नेपालको पहिचान स्वरुप राष्ट्रिय पोशाक दौरा सुरुवाल र बिद्या गुरुङ नेपालको जातीय गुरुङ पोशाकमा सजिएका थिए । र्याम्पमा हिडिरहँदा दुवै जनाले भ्रमण बर्ष लिखित तुल (ब्यान्नर)सहित प्रस्तुत गरेका थिए ।

तुलमा सगरमाथा र बुद्धको जन्मस्थल नेपाल भनेर लेखिएको थियो । पर्यटनदूत घलेले यस प्रतियोगितामा “जित्नको लागि भाग नलिएर नेपाल र नेपालीको प्रतिनिधित्व गर्न आएको” कुरा आफ्नो मन्तव्यमा भन्दा नेपाली दर्शकहरु हर्षले गदगद भएका थिए । र, घलेले आयोजक रमजान बिरानीलाई धन्यवाद पनि दिएका थिए ।

बालबालिकाहरुको प्रतियोगितामा पहिलो नेपालको तर्फबाट ६ बर्षीय बालिका प्रिन्सेस, हिमाली कुँवर गुरुङले प्रतिनिधित्व गरेका थिए । उनले पनि गुरुङ पोशाक पहिरिएर क्याटवाक (बिरालो चाल )गरेकी थिइन् ।

प्रतियोगितामा प्रमुख अतिथि भारतकी प्रसिद्ध कलाकार साना सायिद थिए । उनले चर्चित चलचित्र कुछ कुछ होता हैमा बाल कलाकारको भूमिका निर्बाह गरेका थिए ।

हालै स्टुडेन्ट अफ द एअर, बादल, देर दिल जो प्यार करेगा जस्ता धेरै चलचित्रमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित