बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

म अध्यक्ष लड्छुः कुमार पन्त

दैनिक नेपाल २०७६ जेठ २१ गते ६:२१

बेल्जियम । “संघको आगामी कार्यदिशा नै भिजन २०–२० हो । ब्याक्तिको काम गर्ने क्षमता वा कार्यशैली अनुशार यो कार्यदिशा कसरी लागू गर्नेभन्ने सवाल पैदा हुन सक्ला । क्याफेमा मार्ने गफले संस्था हाकिदैन, काम गर्ने इच्छा शक्ति, क्षमता र नियत सबैमा एकै खालको हुँदैन, त्यसैले असल नेतृत्वको छनौटको आवस्यकता खड्किने हो । ब्याक्ति कस्तो पठाउने,त्यो निर्णय नेतृत्वमा हैन एनआरएनका सदस्यहरुमा आउंदैछ, त्यहीनेर सबैको बिबेक जाँचिन्छ । राम्रो नियत भएको असल मान्छे जाँच्ने र नेतृत्वमा पठाउने तपाईंहरुले हो । “जुन २ तारिखमा भएको अन्तरक्रिया कार्यक्रममा एनआरएनएका उपाध्यक्ष कुमार पन्तले दर्शकदीर्घाको एक प्रश्नकर्तालाई दिएको उत्तर हो यो ।

नयाँ सदस्यताको ब्यबस्थिकरण, विदेशको नागरिकता लिई सकेकाहरुबीच नेपालमा आउन सक्ने कानुनी झन्झट, नेपालको समृद्धि अभियानमा लगानीका मोडलहरू तथा कार्यालयको घडेरी प्रकरण र उक्त कार्यालयको स्वामित्वबारे उब्जिएका कानुनी प्रश्नबारे समेत उपाध्यक्ष पन्तले समुहलाई आस्वास्त पार्न खोजेका थिए ।

उनले घडेरी खरिदमा नियतबस नभएर प्राबिधिक रुपमा अघिल्लो टिम झुक्किएको बताए । त्यो बेलाको पदीय हैसियत अनुसार यो कमजोरीको नैतिक जिम्मेवारी आफूले समेत लिने जनाए । यदि घडेरीमा कानुनी संकट आयोभने वकिललाई साक्षी राखेर परल मूल्यको साउँ ब्याज फिर्ता दिने जग्गादाता भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसंग कानूनी प्रमाण बनाएका छौँ भनेर प्रश्नकर्तालाई आस्वास्त पार्ने प्रयत्न गरे ।

‘८० देशमा बिस्तारित एनआरएनएबाट नेपालको कृषि क्षेत्रमा टेक्नोलोजी सहित लगानी ल्याउने युबराज गुरुङको नेतृत्वमा कृषि समिति सक्रिय भैरहेको र डायस्पोरामा नेपाली भाषाको बिकास गर्ने उदेश्यले गोबिन्द गौतमको नेतृत्वमा उपसमिति बनाइएको’ भाषा र कृषिबारे एनआरएनएको धारणा जान्ने मेसोमा सोधिएको प्रश्नको उत्तर दिँदै पन्तले बताएका हुन् ।

के तपाइँ नेतृत्वको लागि तयारी गर्दै हो ?’ भन्ने दर्शकहरुको सोधाइलाई उनले ‘मेरो स्वाभाविक स्थान अनेत्र कतै देख्नु भएको छ त ?’ भन्ने जिज्ञासामा प्रतिप्रश्नमार्फत गतिलो उत्तर फर्काए । हुन पनि हो उनी इलाका, क्षेत्रदेखि राष्ट्रिय नेतृत्व , अन्तर्राष्ट्रिय सदस्य, महासचिब, दुई पटक उपाध्यक्ष भै सकेका छन् । निर्बिबाद उनी एनआरएनएको अध्यक्ष पदका स्वाभाविक उमेदवार हुन् । ’कि बिश्राम कि अध्यक्ष, यी दुई विकल्प बाहेक अन्य विकल्प’ उनीसंग छैन ।

बोल्ने क्रममा विभिन्न कार्यकालमा बनेका लाप्राक नमूनाबस्ती, शंखामूल पार्क, कम्पनी मार्फत एनआरएन लगानीमा निर्माणाधीन लम्जुङ्ग लगायतका हाइड्रो पावर, अस्पताल, होटल, कृषि तथा पशुपालन, बित्तीय संस्थाहरु र असंख्य परोपकारी कार्यतर्फ फर्केर हेर्न एनआरएनहरुलाई आग्रह गरे। संस्थागत रुपमा एनआरएनद्वारा शुरु गरिएको सामूहिक लगानीमा हातेमालो गर्न उनले सबै एनआरएनहरुलाई आग्रह समेत गरेका थिए ।

अघिल्लो पटक पन्तले अध्यक्ष पदको उमेदारी फिर्ता लिनुको कारणबारे समेत एनआरएनहरुद्वारा जिज्ञासा राखिएको थियो । त्यसको स्पष्टीकारणको क्रममा उनले अहिल्यै बोल्ने समय नभैसकेको भन्दै, आघिल्लो पटक भट्टजी अध्यक्ष हुँदा होस् वा मैले उहाँलाई समर्थन गर्दा होस् केहि आधारभूत सहमतिहरु भएका हुन्, त्यसप्रति हामी कति इमान्दार रहन्छौं भन्ने कुरा हो, त्यो समय आएपछि थाह हुने बताए । अन्तरक्रियामा उपस्थितहरुले भन्दै थिए, ‘उपाध्यक्ष पन्तको अध्यक्ष भट्टसंग समर्थनको सवालमा कागजी सहमति भएको हो भने त्यसले भट्ट उपर अस्वाभाविक रुपले नैतिक संकट निम्त्याउनेछ ।’

गैह्र आबासीय नेपाली संघ बेल्जियमको आयोजनामा भएको उक्त अन्तरक्रियामा सो संघका सचिब जानकी गुरुङ,अनररी गोबिन्द सुबेदी, युरोप संयोजक शिब बरुवाल लगायत केहि बक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको अन्त्यमा एनआरएनए बेल्जियम बिधान मस्यौदा समितीका संयोजक गंगाधर गौतमले संसोधित बिधान औपचारिक रुपमा समितिका अध्यक्ष, युरोप संयोजक,सचिब र उपाध्यक्षलाई हस्तान्तरण गरेका थिए । एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रबक्ता दीपेन्द्र केशीले गरेका हुन् ।

कार्यक्रम पछिको अनौपचारिक डिनर मिटिङ्गको बोल्ने सचिब जानकी गुरुङले महासचिवमा आफ्नो उमेद्वारी स्वाभाविक रहने बताइन भने शिब बरुवालले सचिब,गंगाधर गौतमले युरोप संयोजक तथा सरु चापागाईंले महिला संयोजकमा आफ्नो रुचि भएको बताएका थिए। त्यस्तै बेल्जियमका अध्यक्ष लोक दाहालले समेत कथाले माग्योभने केन्द्रिय समितिमा जाने सोचिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित