३० आश्विन २०८३, शुक्रबार

यो हार सिक्किमको भविष्य र जनताको आस्थाको हो : पवन चामलिङ

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गान्तोक । एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले अझ १५ वर्ष पार्टी र सिक्किमे जनतालाई नेतृत्व दिन राजनीतिमा सक्रीय रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘सिक्किममा अझै पनि एसडीएफ पार्टीको जरुरी छ, एसडीएफलाई जनताले माया मारेका छैनन् भन्दै पार्टीको नेतृत्वका लागि पवन चामलिङको आवश्यकता रहिरहेको अनि जनताले पनि पवन चामलिङलाई नै पर्खिरहेका छन्’, उनले भने, ‘सारा सिक्किमे जनता विश्‍वस्त रहनुहोस झ १५ वर्ष पार्टीको नेतृत्व गर्नेछु ।’

उनले कुनै पनि परिस्थितिमा पछि नहट्ने बताउँदै जबसम्म प्राण रहन्छ तबसम्म सिक्किमे जनताको निरन्तर सेवा गरिरहने बताएका छन् ।

२५ वर्षपछि पहिलोपल्ट सिक्किमे जनताले एसडीएफ पार्टीलाई विपक्षीको भूमिकामा राखेका अनि जनताले पार्टीलाई रिजेक्ट गरेका छैनन् भन्दै जनताले जुन स्थान दिएका छन् त्यहीँ बसेर जनताको सेवा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।