३० आश्विन २०८३, शुक्रबार

बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनको तयारी तिब्र

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । आगामी जुलाई ५ देखि ७ सम्म हुने मेरियाल्ड राज्यको बाल्टिमोरमा नेपाली नेसनल कन्भनेसन अर्थात् नेपाली राष्ट्रिय सम्मेलनको तयारी द्रुत गतिमा अगाडि बढेको छ ।

पहिलो नेपाली राष्ट्रिय सम्मेलन गत वर्ष सन् २०१८ मा शिकागोमा सफलतापूर्वक सम्पन्न भएको थियो भने यस पटक बाल्टिमोरमा दोश्रो नेपाली राष्ट्रिय सम्मेलन हुँदैछ ।

गत वर्ष ३ वटा संस्थाहरूले सयुक्त रुपमा आयोजना गरेका थिए भने यस पटक सम्मेलन एएनए, आन्मा, अनेसास केन्द्र र बानाले सयुक्त रुपमा आयोजनामा गर्ने भएको छ ।

गत मे ११ तारिखका दिन ४ वटै संस्थाद्वारा सयुक्त रुपमा बिज्ञप्ति जारी गरी नेपाली राष्ट्रिय सम्मेलनको आयोजना गरिने सार्वजनिक गरेका थिए ।

करीव एक महिनाको मात्र समय रहेकोले गत मे ३० का दिन सम्मेलनको तयारी बारेमा समितिबीच पहिलो पटक दूर संचार प्रणालीको माध्यमबाट बैठक बसी द्रुत रुपमा काम गर्नु पर्ने ,सबै समुदाय संग पुग्नु पर्ने ,प्रचार प्रसार गर्नु पर्ने लगायत बिषयमा छलफल भएको थियो ।

सबैले प्रतिबद्धता जाहेर गरेका छन् । आयोजना गरिएको उक्त बैठकले समितिका पदाधिकारीले आफूले गर्नु पर्ने जिम्मेबारी तथा प्रगति बिवरण सुनाएका थिए । सम्मेलन सभापति विजय श्रेष्ठको सभापतित्वमा दुर संचार प्रणाली मार्फत बैठक सम्पन्न भएको थियो ।

हाल सम्म २० वटा विभिन्न समितिहरु निर्माण भएका छन । डिसी मेट्रो क्षेत्रका करिव २८ भन्दा ज्यादा संघरसंस्था संग समन्वय गरिएको छ । सम्मेलन रेड लायन होटल नर्थ बाल्टिमोरमा हुनेछ भने कोठाहरु आरक्षण खुला गरिएको छ । साथै सम्मेलनमा सहभागी हुन् चाहनेहरुका लागि प्रक्रिया पनि सुरु गरिएको छ ।

उक्त दोश्रो नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महाबाणिज्य दुत प्रेम राजा महत तथा बानाका अध्यक्ष सुबोध विलास पन्त संयोजक रहेका छन् । नेपाली राष्ट्रिय सम्मेलनका जनसम्पर्क अधिकारी तथा प्रवक्तामा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् ।

नेपाली राष्ट्रिय सम्मेलनको मूल समिति समेत निर्माण गरिएको छ । जसमा एएनएकाअध्यक्ष मेदिनी अधिकारी ,आन्माका अध्यक्ष बलराम पन्थी ,एनएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,सम्मेलन सभापति विजय श्रेष्ठ ,आन्माका महा सचिव डा दिवाकर दाहाल ,सिपीए लक्ष्मण प्रधान ,बानाका अध्यक्ष सुबोध विलास पन्त ,एनईसिसी अध्यक्ष खिलेन्द्र न्यौपाने ,अनु श्रेष्ठ वन्त ,लोक तिवारी ,एएनएका महासचिव विजय भट्टराई ,सरोज प्रजापति लगायत ,क्रिस घिमिरे ,कुलमणि आचार्य ,एएनएसका वरिष्ठ उपाध्यक्ष डा बिष्णु घिमिरे तथा समिर महर्जन रहेका छन् ।