मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

‘दाल, भात र तरकारी’

वीवी श्रेष्ठ २०७६ जेठ १७ गते ९:१४

वीवी श्रेष्ठ

मुूल्य, मान्यता र आर्दश समाजका अभिन्न अंग भएता पनि यो आफैमा निराकार हो । जसको न्युनतम मापदण्डका परिधिमा संसार चलेता पनि यसलाई आत्मासात गर्ने कार्य आफैमा चुनौतीपूर्ण हुन्छ । यहि परिवेशमा वाँचेको संसारिक निरन्तरताका खोजमा अगाडि बढ्ने पाइलाहरू भने निकै कम हुने गर्दछ । जोखिम र चुनौतीका वीचमा बाँच्ने साहस र हिम्मत कमैमा रहनेछ । यहि फरक तिक्ततामा र समाजिक मूल्य मान्यतामा नै घिस्री रहनेहरूको असीमित संख्यामा हुल बाधिनेहरू नै समाज निरन्तरताका प्रमुख तत्वहरू हुन् । जुन तत्वको तत्ववोध हामीमा संचार भईरहेका छन् ।

सदियौँ देखिको सृष्टिको यो अनुपमतामा रहेर बाँच्नेहरूका भिडमा पृथक सोँच राख्ने र अंगिकार गरेर अगाडि बढ्न खोज्नेहरू यो समाज र संसारमा या त पागल सावित भए या त मृत्यृवरण गरे । ईतिहास यहि भन्दछ र सत्य पनि यहि नै हो । यहि खुल्ला यथार्थमा चाहेर वा नचाहेर स्वर्णिम नविनतम संसारका परिकल्पनामा रमाउने बाहेक अन्य विकल्प छैन । किनकि त्यो विकल्प त्यति सहज र सरल हुदैन ।

पारिवारिक मोह र धन सम्पतिलाई नै जीवनको सफलताको मापन गर्ने सोच र शैली हावी भएको यो संसारमा त्यो भन्दा अलौकिक चिन्तन समाज र व्यक्तिलाई कदापि सहयै हुन सक्दैन । यहि चिन्तन र आस्थामा बाँच्न खोज्नेहरूलाई मर्न विवश पारिने समाज नै विश्वको समाजको सुन्दर पक्ष हो । चन्द्रमा मा समेत खोट देखाएर आफू अव्वल हुने दाउमा रमाउनेको भिडमा विचार, सिद्धान्त, ईमान्दारिता र निष्ठा दुषित बनिदियो । वैचारिक योग्यता, क्षमतालाई धोति लगाउने संस्कारमा जलजलिएको हाम्रो समाज ईतिहासको पुर्खाहरूको सोँच र शैलीभन्दा पनि एकाङ्की सोँच र पारिवारिक मोहले जेलिएको छ । जुन जंजाल समान्य सोच र शैली तथा विचारवाट किन्चित परिवर्तन गर्ने ल्याकत राख्दैन ।

लाखौ लाख सजीवप्राणी रहेको विश्वमा मानव जाति नै यस्तो प्राणी हो । जसलाई मात्र बाँच्नका लागि अन्यको अस्तित्व सखाप पार्न अधिकार भएको महशुस गर्दछ । आफनो अस्तित्व र अधिकार प्राप्तिका लागि अनुकूल व्याख्यातामा रहेको मानव जाति कदापि सोँच्न सक्दैन कि संसारमा अस्तित्वमा रहेको हरेक प्राणीको अस्तित्व समान हुन्छ । समाजिक प्राणीका रुपमा आफैले परिभाषा गरेको जीवनको परिभाषाले अन्य जीव जन्तुको बाँच्न पाउने हक अधिकार कुष्ठित गर्ने दुस्साहस गर्दछ । जीवनको परिभाषालाई नै स्वार्थ केन्द्रित दुषित कृत्सित मनसाय पालेको मानव जाति लाग्दछ अमर र अजर हो । जुन भ्रमका वीचमा हामी स्वार्थे स्वार्थका भारी बोकेर निरन्तर रुपमा शान्ति र सुख खोज्नका लागि अविचलित रुपमा दौडिरहेका छौँ ।

लाखौ लाख अस्तित्वममा रहेका प्राणीहरू स्वार्थ केन्द्रित मानव जातिको वीचमा रहने खुशी र शान्तिका साथ जीवन व्यतित गर्ने जीवजन्तुहरू, आफूलाई अव्वल, सामाजिक प्राणीका रुपमा र विशिष्ट प्राणीको घोतक सम्झने मानव जातिहरू कदापि सुख र शान्ति प्राप्त गर्न सफल भएनन । यहि निरन्ततरताको क्रममा वाँच्ने र मर्ने क्रम चलिरहेको छ । जीवन भोगाईको यो सन्दर्भमा यथार्थको त्यो सम्मुखमा पुग्न नसकेका मानव जाति अझै पनि पारिवारिक मोह, सम्पति, र स्वार्थताको चंगुलमा अविश्रान्त रुपमा एकाकार दौडिरहेको छ । सृष्टि आफै नरोकिने प्रक्रिया हो । यसमा कसैको पनि स्वार्थ र सम्पतिले अधिपत्व जमाउन सक्दैन । भ्रममा बाँच्न माहिर मानव जातिको यहि सोचले लामो समयसम्म राज गर्ने निश्चित छ । तर पनि नयाँ साेँचमा बाच्ने सोँचसम्म पनि अंगिकार गर्न नसक्ने हामी मानवहरू झुट, स्वार्थ र आडम्वरको परिभाषामा लिप्त बनिरहेका छौ ।

मानव जीवनको रस्वदान के ? आवश्यकता के ? भूमिका के ? यहि सोँच र विचार विश्वका आफैलाई वृद्धिजीवी र वरिष्ठहरूले कहिल्यै सोँच्न सकेन । खानका लागि बाँच्नेहरूका भिडमा बाँच्नका लागि खानेहरूले पनि जीवनका यथार्थता बुझन सकेनन् । जीवन दर्शनको दायरामा समेत पुग्न नसकेका मानव जातिहरूको भिडले परिभाषालाई नै दुषित बनाइदियो । आफू अनुकूलको स्वार्थ प्ररित समाजका भरौटेहरूको त्यो चंगुलले फरक सोँच र दृष्टिकोणलाई दुषित बनाइदियो । यथार्थतामा बाँच्न सहज छैन । तर सोँच्ने हिम्मत गर्नेहरू समेतको बुद्धिमा बिर्को लगाइदियो । जीवन जीवन रहेन, दाल भार र तरकारीमा सीमित बनिदियो । जुन विश्वका हरेक मानव जातिको विशिष्ट पहिचान बनिदियो । यहि दाल, भात र तरकारीमा जीवन सीमित हुनेहरूले जीवनको प्रारुप नै नामेट बनाइदियो ।

समाज परिवारको जालो हो, तर जीवनलाई त्योभन्दा माथि सोँच्न नसक्ने अवस्थाको सृजना बनिदियो । पारिवारिक मोह, सन्तान र सम्पतिको जञ्जाललाई नै जीवन सोँच्नेहरू उमेरको त्यो उत्तरार्धमा देखिएको वैचारिक, पारिवार, मानसिक हतास विचलनले सोँचका सानिध्यतामा क्षितिजमा पुराइदियो । यहि दाल, भात र तरकारीको त्यो निरन्तरतामा जीवन अर्पण गर्नेहरूको भिडमा लाखौ हराए, त्यो हराउने र विलाउने क्रमको गतिले जीवनको यथार्थ परिभाषा उडाएर लगिदियो ।

प्रतिक्रिया
सम्बन्धित