३० आश्विन २०८३, शुक्रबार

युरोपमा मिडिया काउन्सिल विधेयकको बिरोध

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रुसेल । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको नेतृत्वमा गएको पत्रकारको टोलीले पत्रकारको अधिकारलाई नियन्त्रण गर्ने नियतबाट संसदमा दर्ता गराइएको बिद्युतीय कारोबार ऐन र मिडिया काउन्सिल बिधेयकका बिरुद्ध बेनेलकसका राजदूत लोकबहादुर थापामार्फत नेपालका संचार मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा कार्यालयको तर्फबाट दूताबासका सचिब सुधिर भट्टराईको समेत उपस्थिति थियो ।

ज्ञापन पत्र बुझाउनु अगाडि पत्रकार महासंघ संगठन विभागका सदस्य ओम शर्माले बिरोध गर्नुको औचित्यबारे छोटो मन्तब्य दिदै शाखाले बुझाएको ज्ञापन पत्र माननीय संचार मन्त्रिलाई पुर्याइदिनुहुन अनुरोध गरेका थिए ।

शाखाका अध्यक्ष केजिन राइले संबिधानको मर्मलाई कुल्चेर ल्याइएका दुवै बिधायकका स्वतन्त्र प्रेश विरुद्धका धाराहरु हटाउन र परिमार्जन गर्न संचार मन्त्रीलाई आग्रह गर्दै संसार भरिका प्रेस स्वतन्त्रताका पक्षधर ब्याक्ति, संघ संस्था तथा पत्रकारहरूलाई महासंघको चरणबद्ध आन्दोलन ऐकबद्धता जनाइदिनुहुनू आग्रह समेत गरे ।

दूताबास मार्फत ज्ञापन पत्र बुझाउने क्रममा पत्रकार महासंघ युरोप शाखाका सल्लाहकार पाँचम अधिकारी,अध्यक्ष केजिन राई,पत्रकार ओम शर्मा, बरिष्ठ उपाध्यक्ष डिल्ली राम अम्माई, कार्य समितिका सदस्य शेर बहादुर छन्त्याल लगायतको उपस्थिति देखिन्थ्यो ।