आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

ओलीले मोदीलाई फोन गरेरै दिए बधाई र शुभकामना

दैनिक नेपाल २०७६ जेठ ९ गते १८:०२

काठमाडाैँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालका अनुसार ओलीले केहीबेर अघि फोन गरेर बधाई दिएका हुन् । भारतमा सम्पन्न आम निर्वाचनमा प्राप्त सफलताको लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिएको रिमालले बताएका छन् ।

टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीले मतगणना जारी रहेकै बेला ट्वीटरमार्फत बधाई दिएका थिए ।

त्यसको केही समयपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सामाजिक सञ्जालमार्फत मोदीलाई बधाई दिएका थिए ।

मोदी आउँदो कार्यकालका लागि पनि प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

प्रतिक्रिया
सम्बन्धित