आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

मोदीलाई बधाई दिन ओलीलाई किन हतार ?

दैनिक नेपाल २०७६ जेठ ९ गते १४:२२

काठमाडाैँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा भएको लोकसभा निर्वाचनको मतपरिणाम औपचारिक रूपमा सार्वजनिक नहुँदै भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

भारतमा निर्वाचनको मतगणना चलिरहेको छ । निर्वाचन आयोगले अहिलेसम्म अन्तिम परिणाम घोषणा गरिसकेको छैन । प्रारम्भिक नतिजाहरूमा भने सत्तारूढ भाजपा एक्लै बहुमततर्फ अग्रसर छ ।

यता ओलीले भने मोदीलाई लोकसभामा पाएको जितका लागि बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै २०१९ को लोकसभा चुनावको जितका लागि बधाई दिएका छन् ।

उनले मोदीको आगामी सफलताका लागि पनि शुभकामना दिएका छन् । साथै मोदीसँग निकट रहेर काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले हतारमा बधाई दिएको टिप्पी गरिएको छ । जनक अवस्थीले ओलीको ट्वीटमा रिप्लाई गर्दै बधाई दिने संसारकै पहिलो सरकार प्रमुख हुनु भएछ भनेर टिप्पणी गरेका छन् ।

उनले  लेखेका छन्,  ‘कस्तो हतार हो हौ ? पूर्ण नतिजा आइसक्या छैन त ? संसारमै बधाई दिने पहिलो सरकार प्रमुख हुनु भएछ । नेपालीले पाए गर्छन के ।’

कतिपयले आफ्नो माैलिक लिपीमा बधाई दिन भनेका छन् । धेरैजसोले हतारमा बधाई दिएको भन्दै ओलीको राष्ट्रवादसँग जोडेर कुरा उठाएका छन् ।

‘हैन ! के को हतारो हो ? कम्तीमा पूर्ण नतिजा आएपछि शुभकामना दिए हुन्न ? राष्ट्रवादीहरुले चाकडी गर्न पनि कति हतारो गरेको ?’, डोलु आले मगर नाम गरेका ट्वीटर प्रयोगकर्ताले लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित