मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

ओली–प्रचण्डबीच बालुवाटारमा तीन घण्टा ‘गोप्य वार्ता’

दैनिक नेपाल २०७६ जेठ ८ गते १७:०५


काठमाडौँ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब तीन घण्टा ‘गोप्य वार्ता’ भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेदेखि १२ बजेसम्म दुई अध्यक्षबीच छलफल भएको स्रोतले जनाएको छ ।

दुई नेताको छलफलपछि पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी भएको एक नेताले बताए । आफूले वान टु वान वार्ता गरेपछि अध्यक्षहरुले महासचिव पौडेललो बालुवाटार बोलाएका थिए ।

दुई अध्यक्षबीच नेकपाको एककता बाँकी कसरी टुङ्ग्याउने भन्ने विषय र सरकारले जेठ १५ गते सार्वजनिक गर्ने बजेट, पछिल्लो समय सरकारप्रति भइरहेको आलोचना, पार्टीभित्रको असन्तुष्टि लगायका विषयमा छलफल भएको बताइन्छ ।

पार्टी एकता भएको एक वर्ष बितिसक्दा पनि पोलिटब्युरो गठन हुन सकेको छैन । त्यसको निश्चित समय पनि नेताहरुले तोक्न सकेका छैनन् । त्यस्तै, केन्द्रीय विभागहरुको पदपूर्ति गर्ने काम पनि हुन सकेको छैन ।

केन्द्रीय सदस्यहरु पनि जिम्मेवारीविहिन अवस्थामा छन् । नेताहरुबीच चाँडै सचिवालय बैठक बोलाएर यी विषयहरु टुंग्याउने बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

उनीहरुबीच मिडिया काउन्सिलसम्बन्धी विधेयकका विषयमा पनि छलफल भएको बताइन्छ । पछिल्लो समय ल्याइएको मिडिया काउन्सिलसम्बन्धी विधेयक विवादमा परेपछि सरकारको आलोचना भइरहेको छ । त्यसमा कसरी सुरक्षित अवतरण गर्ने भन्ने बारेमा पनि दुई अध्यक्षबीच छलफल भएको हो ।

प्रतिक्रिया
सम्बन्धित