आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

एक हप्तामै दुईपटक सगरमाथा चढे कामीरिताले, बनाए नयाँ किर्तीमान

दैनिक नेपाल २०७६ जेठ ७ गते १०:३८

काठमाडाैँ, ७ जेठ ।  एक साताकै अबधिमा कामीरिता शेर्पाले दुईपटक सगरमाथा आरोहण गरेर नयाँ किर्तीमान बनाएका छन् । उनले आज मंलबार बिहान ६ बजेर ३८ मिनेट जाँदा  २४ औँ पटक सगरमाथा आरोहरण गरेका हुन् ।

यस अघि जेठ १ गते उनले सगरमाथाको २३ औँ पटक आरोहण गरेका थिए । मंगलबार बिहान २४ पटक पटक विश्वको सर्वोच्च शिखर आरोहण गरेर उनले आफ्नै किर्तीमानमा सुधार गरेका सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य अर्को साल २५ औं पटक सगरमाथा आरोहण गर्ने लक्ष्य छ। कामिरिताले एकै याममा दुई पटक सगरमाथा चढेको यो चौथो पटक हो । यसअघि उनले तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसकेका छन्।

उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए।

सन् २०१२ मा पनि उनी दुई पटक चुचुरोमा पुगेका थिए। तर, आधार शिविर नआइकन चौथो शिविरबाटै पुनः माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका ४९ वर्षीय कामिरिताले आगामी वर्ष २५ औँ पटक सगरमाथा आरोहण गरेर सन्यास लिने जनाएका छन् ।

मौसम अनुकूल भएकाले मंगरबार बिहानबाट आरोहीहरु चुचुरोतर्फ लागेका छन् । मंगलबार मात्र १ सय २२ आरोहीले आरोहण गर्ने तालिका मिलाइएको छ ।

बुधबार २ सय ९७ र बिहीबार १ सय ७२ जना आरोहणको लाइनमा छन् । मे २४ मा पनि सबैभन्दा ठूलो समूहलाई चुचुरो लैजाने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित