आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

नौ जनाको हत्या काण्डबाट भागेर बाँच्न सफल बालिकाले दिइन हत्याराको जानकारी

दैनिक नेपाल २०७६ जेठ ७ गते १०:२८

पाँचथर, ७ जेठ । पाँचथर जिल्लाको मिक्लाजुङ ३ आरुबोटेमा ज्वाई ससुरा नाता पर्ने दुई परिवारका सोमबार राति ९ जनाको हत्या भएको छ ।

आरुबोटे ३ को वडा कार्यालय छेउँमा सो घटना भएको हो । धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको छ ।

हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको छ । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् ।

घटनाको जानकारी बिहान मात्रै थाहा भएको थियो । घाइते सीताले स्थानीयलाई दिएको जानकारीअनुसार मखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

घट्नास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ । इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थलतर्फ लागेको छ ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घट्नास्थलमा रहेका प्रहरीहरुले पुष्टि गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोली समेत घट्नास्थलमा पुग्न लागेको पौडेलले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घट्नास्थलमा पुगिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित