आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

विप्लव समूहको महिला संगठनकी केन्द्रीय सदस्य सुवेदीले राजीनामा दिइन्

दैनिक नेपाल २०७६ जेठ ६ गते १७:४२

काठमाडाैँ, ६ जेठ । नेत्रविक्रम चन्द विप्लव समूहकी रुपन्देही नेतृ कल्पना सुवेदीले पार्टी परित्याग गरेकी छिन् ।

आइतवार प्रेस विज्ञप्ती मार्फत उनले विगतमा आफू त्यो पार्टीमा समर्पित भएर काम गरे पनि अबका दिनका पार्टी परित्याग गरेको जनाएकी छन् ।

विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षको जिम्मेवारीमा रहेकी सुवेदीले प्रेस विज्ञप्तिमार्फत सबै पदबाट राजीनामा दिएको घोषणा समेत गरेकी हुन् ।

उनले पारिवारिक तथा कमजोर स्वास्थ्यका कारण पार्टीमा रहेर काम गर्न नसक्ने भएकाले आफूले राजीनामा दिएको समेत बताएकी छन् ।

विप्लव माओवादी भएको भन्दै प्रहरीले समेत पक्राउ गरी अदालतबाट धरौटीमा रिहा भएकी सुवेदीले अबका दिनमा स्वतन्त्र रुपमा आफू बाँच्न चाहेकाले राजीनामा दिएको बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित