बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

प्रथम जटायु कप क्रिकेट प्रतियोगिताको तयारी तीब्र

दैनिक नेपाल २०७६ जेठ ६ गते ११:४८

-बिजय चालिसे

कावासोती, ६ जेठ । नवलपुरको कावासोतीमा हुने प्रथम जटायु कप क्रिकेट प्रतियोगिता २०७६ को तयारी तीब्र पारिएको छ । जटायु रेस्टुरेन्ट ब्यबस्थापन समितिको आयोजना, कावासोती नगरपालिकाको सहयोग एवं जिल्ला खेलकुद विकास समिति र नवलपुर क्रिकेट सङ्घको समन्वयमा जेठ १० गतेदेखि हुन लागेको प्रतियोगिताको तयारी तीब्र पारिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगिताका विषयमा जानकारी गराउँदै आयोजक जटायु रेस्टुरेन्ट ब्यबस्थापन समितिका अध्यक्ष डिबि चौधरीले विश्वमै लोप हुँदै गैरहेको दुर्लभ गिद्द संरक्षणमा प्रतियोगिताले थप टेपा पुग्ने बिश्वास लिइएको बताए । उनले दिगो जैबिक बिबिधता संरक्षण तथा पर्यापर्यटनको विकासमा युवाको सहभागिता बढाउन एवं गुणस्तरीय खेलाडी उत्पादन गरि जिल्ला, प्रदेश र सङ्घीय स्तरसम्म सहभागिता सुनिश्चित गराउन पनि प्रतियोगिता महत्वपूर्ण साबित हुने बताए ।

जेठ २५ गतेसम्म संचालन हुने प्रतियोगितामा कावासोती नगरपालिकाका सबै १७ वटै वडाहरुको सहभागिता रहने सयोजक चौधरीले जानकारी दिए । टि ट्वान्टी फर्म्याटमा खेलाइने खेलको बिजेताले ५० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

नवलपुर क्रिकेट सङ्घका अध्यक्ष प्रकाश पौडेलले नवलपुरमा पनि क्रिकेटको राम्रो सम्भावना भएको भन्दै यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्नमा थप मद्दत पुग्ने बताए । त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिकास केसीले खेलकुदको माध्यमबाट स्थानीय स्तरको विकास गर्न सकिने भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे ।

उनले प्रतियोगितालाई खेलकुद विकास समितिले पूर्ण सहयोग गर्ने बताए । खेलकुद विकास समितिसङ्ग समन्वय गरि अगाडि बढे यस किसिमका प्रतियोगितालाई जिल्ला स्तरमा रुपान्तरण गर्न आफू प्रतिबद्ध रहेको बताए । पत्रकार सम्मेलनमा वडा नम्बर १३ का अध्यक्ष बिनोद राना, विभिन्न सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधि, संरक्षणकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित