बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

युएसएमा ठकुरीलाई रजत पदक

दैनिक नेपाल २०७६ जेठ ६ गते ६:३८

विजय थापा

काठमाडौं । गत शुक्रबार मे १७ का दिन एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन द्वारा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ पटक गिनिज वर्ल्ड रेकर्ड उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त भएको छ ।

वाको युएसएको उक्त प्रतियोगितामा पोइन्ट फाइट र ७४ केजी तौल भन्दा माथी ब्लाक बेल्ट प्रदर्शनमा खेलमा उज्ज्वल ठकुरीले रजत पदक हासिल गरेका हुन् ।

उनी २९ वर्षीय मिलर ओमारीसंग पराजित भएका थिए । नासका अन्तर्गत राखिएको वाको युएसए खेल भनेको वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन हो । त्यसै गरी ठकुरीले नासकाको सृजनात्मक कातामा कास्य पदक हासिल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित