सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

मिटर व्याज, तस्कर र गुण्डाहरूको काल बनेका थिए डिएसपी ज्ञवाली

दैनिक नेपाल २०७६ जेठ ५ गते २२:०६

चितवन, ५ जेठ । पूर्वी चितवनको ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले आफ्नो क्षमतालाई भरपुर प्रयोग गरेर शान्ति सुरक्षा कायम बनाएका थिए ।

उनको हेडक्वाटरमा सरुवा भएको छ । ज्ञवालीको स्थानमा सन्तोष आचार्य सरुवा भएर आएका छन् । डिएसपी ज्ञवालीले एक वर्षको समयमा गरेको कामलाई निरन्तरता दिनु आचार्यका लागि चुनौती र अवसर दुबै हुनेछ ।

डिएसपी ज्ञवालीले जिम्मेवारी सम्हाल्दै गर्दा मिटर व्याज, गुण्डागर्दी, जुवाको अखडामा धावा बोल्नु चुनौती जस्तै थियो । तर, आफ्नो कार्यकालभरि उनले ती विषयलाई छुट दिएनन् ।

यो क्षेत्र प्रमुख पर्यटकीय केन्द्र सौराहमा पर्छ । डिएसपी ज्ञवालीले ११ महिनामा यो क्षेत्रमा काम गर्दा ११ उत्कृष्ट काम गरेको स्थानीयले बताएका छन् ।

स्थानीय तहमा अत्यन्त जिम्मेवार भएर काम गरेको स्थानीयहरूले बताएका छन् । स्थानीय कमल भण्डारीले डिएसपी ज्ञवालीले एक टोल एक घण्टा, अवैध उत्खनन् नियन्त्रण, लागूऔषध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, जुवा तास नियन्त्रण, काठ तस्करी नियन्त्रण, सवारी साधन चोरी, महिला हिंसा नियन्त्रण, बलात्कार काण्ड न्यूनीकरण अभियान, ज्यान मार्ने उद्योग, लुटेरा गिरोह पक्राउसहित विभिन्न कामहरू गरेर स्थानीयहरूका बीच लोकप्रिय थिए ।

डिएसपी ज्ञवालीले बिदाइ कार्यक्रममा नेपाल प्रहरीका जवानहरूको पूर्ण सहयोगमा आफूले शान्ति सुरक्षा कायम गर्ने कार्य गरेको भन्दै जिम्मेवार र इमान्दार प्रहरीको परिचय भएको बताएका थिए ।

घरेलु हिंसा, बैकिङ्ग कसुर, गुडागर्दी, हप्ता असुली, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्यहरूमा समेत थप कठोर भएर प्रस्तुत भएकै कारण सफलता मिलेको हो ।

उनले अष्ट्रेलियमा जाने लागेको भनेर विवाह गरेर नाटकीय रुपमा सपिङ्ग गर्ने भन्दै भागेर हिड्ने युवालाई पनि एकसातामा प्रविधिमार्फत पक्राउ गर्न सफल भएका थिए ।

पछिल्लो समय लागूऔषधको अवैध कारोबार बढेका कारण सौराह क्षेत्रमा आपराधिक क्रियाकलाप बढेको भन्दै ज्ञवालीले विशेष अभियान शुरू गरेका थिए ।

लागूऔषधसगैँ गुण्डागर्दीविरुद्ध शून्य सहनशीलताका साथ कार्य गर्ने बताएका डिएसपी ज्ञवालीले लागूऔधष नियन्त्रण र गुण्डागर्दीविरुद्ध भने निर्मम तवरले उत्रिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित