सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

आन्दोलनकारी नर्सहरू र अस्पतालबीच सहमति, नर्सहरूले अनसन तोडे

दैनिक नेपाल २०७६ जेठ ५ गते २१:३६

काठामडौं, ५ जेठ । भक्तपुमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनसनरत नर्सहरू र अस्पताल प्रशासनबीच सहमति भएको छ ।

आइतबार अस्पताल र नर्सहरूबीच दश बुँदाको सहमति भएको छ । यो सहमति ९ दिनपछि भएको हो ।

आन्दोलनरत नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमित भएपछि वैशाख २८ गतेदेखि आमरण अनसन बसेका दुई जना नर्सले अनसन तोडेका छन् ।

नर्सिङ एसोशियसन अफ नेपालका अध्यक्ष तारा पोखरेल, अस्पताल प्रशासनका पुकारचन्द्र श्रेष्ठ लगायतले आमरण अनसनरत डिकी शेर्पा र जिता बराललाई जुस खुवाएर ९ दिनदेखिको अनसन तोडाएका हुन् ।

लोकसेवा परीक्षामा अनुतिर्ण भए पनि केन्द्र संचालन भएदेखि कार्यरत नर्सलाई प्राथमिकतामा राखेर रोजगारीको सुनिश्चितता गरिने, अनुभव हेरेर बढुवा गर्ने, जोखिम भत्ताको व्यवस्था गर्ने लगायत १० बुँदामा अस्पताल प्रशासन र आन्दोलनरत नर्सहरुबीच सहमति भएको अस्पतालमा कार्यरत नर्स रमा लामाले बताइन ।

प्रतिक्रिया
सम्बन्धित