बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

प्रतिवेदनले चितवनमा घिसिङ आत्महत्या काण्डलाई उचाल्न खोज्ने तत्वहरूको मुख बन्द

दैनिक नेपाल २०७६ जेठ ५ गते २१:१५

चितवन, ५ जेठ । पूर्वी चितवनमा चोरीको अभियोगमा पदमपुर प्रहरीको सहयोगमा पक्राउ परेका समिर घिसिङको मृत्यु प्रहरीको यातनाबाट नभइ आत्महत्याबाट भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

स्थानीय एक बिद्यालयबाट ल्यापटप र कम्युटर चोरीको आरोपमा वैशाख २४ गते बुधबार घिसिङलाई पक्राउ गरिएको थियो । पक्राउ परेका कालिका नगरपालिका १, सूर्यपुर बस्ने २४ वर्षीया घिसिङलाई ईलाका प्रहरी कार्यालय रत्ननगर बुझाइएको थियो ।

समितिले घिसिङ आत्महत्या काण्डका बारेमा प्रतिवेदनमार्फत सत्यतथ्य बाहिर ल्याएपछि घटनालाई राजनीतिक रंग दिन खोज्ने तत्वहरू चकित परेका छन् ।

अनुसन्धानकै क्रममा रहेका घिसिङले वैशाख २६ गते शुक्रबार अपरान्ह ३ बजे थुनुवा कक्षमा रहेको शौचालयमा आत्महत्याको प्रयास गरेका थिए ।

आत्महत्याको प्रयास गरेका घिसिङको वैशाख २७ गते राति ११ः३० बजे उपचारका क्रममा पुरानो मेडिकल कलेजमा भरतपुर चितवनमा निधन भएको थियो ।

प्रहरी हिरासतमै आत्महत्या गरेको भन्ने खबर पाएपछि गाउँका उत्तेजित समूहले यातना दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै ईलाका प्रहरी कार्यालय रत्ननगर र पदपुर प्रहरी चौकी तोडफोड गरेका थिए ।

आफन्तले पूर्व पश्चिम राजमार्ग समेत अबरोध गरेका थिए । भिड उत्तेजित भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनुपरेको थियो ।

स्थिति असामान्य बन्दै गएपछि वैशाख २७ गते शनिबार सात दिनभित्र सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिँदै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको संयोजकत्वमा १२ सदस्यीय छानबिन टोली बनाइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल, पीडितका आफन्त, सुरक्षा निकाय, वडाध्यक्ष थिए ।

मृतकका परिवारलाई तत्कालै कालिकानगर नगरपालिकाले दाहसंस्कार र किरिया खर्चका लागि ५० हजार रुपियाँ दिने, ५ लाख रुपियाँ सहयोग गर्न गृह मन्त्रालयमा अनुरोधका लागि सिफारिस गर्ने, उनकी श्रीमती र बालबालिकाको भविष्य सुरक्षित बनाउन स्थानीय तहमा जागिर र अन्य सेवासुविधाका लागि अनुरोध गर्ने समेत निर्णय समितिले गरेपछि स्थिति सामान्य बन्दै गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित