आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

तराईमा चीन विरोधी प्रदर्शन, लहानका युवाहरूद्वारा नारावाजी

दैनिक नेपाल २०७६ जेठ ५ गते २१:००

लहान, ५ जेठ । चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्न लागेको भन्दै सिरहाको लहानमा प्रदर्शन भएको छ ।

स्थानीय युवा, विद्यार्थी, किसान र नागरिक समाजका अगुवाहरूले चिनियाँ परियोजना संचालन नगर्न भन्दै दवाव दिनका लागि आइतबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट ऋणको रुपमा परियोजना ल्याउन लागेको भन्दै त्यसरी ऋण ल्याइए आफूहरू चरणबद्व आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

लहानको पासुपति माबिबाट निकालिएको ¥याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै सहिद चोकमा पुगेर कोणसभाम परिणत भएको थियो ।

कोणसभामा बोल्दै युवानेता नगेन्द्रकुमार यादब र सुरज कुमार साहले ऋणको रुपमा चिनियाँ परियोजना केन्द्रीय र प्रदेश सरकारले नरोके कड आन्दोलन गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित