आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

मोटरसाइकको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने

दैनिक नेपाल २०७६ जेठ ५ गते १८:१९

काठमाडाैँ, ५ जेठ । काठमाडौँ उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ।

आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो ।

काठमाडौँमा हुने दुई पांग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट लगाएको चालक भन्दा पछाडी बस्ने व्यक्ति घाइते भएको र मृत्यु दर समेत पछाडी बस्नेको बढी भएकोले पछाडी बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्त जानकारी दिए।

महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरी हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको जानकारी दिएको छ । यस्तै महाशाखाले उपत्यकामा सवारी चाप व्यवस्थित गर्दै कम गर्न मोवाइल एप प्रयोगमा ल्याउने भएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक पन्तले जीआईएस प्रविधिमा आधारित एपले उपत्यकाको ट्राफिक जाम, बाटो डाइभर्सन लगायतको महत्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने बताए ।

यस्तै, महाशाखाले विभिन्न नियम मिचेर सवारी चलाएका चालकले तिर्नुपर्ने जरिवाना तिर्न पनि बैंकमा लाइन बस्नुनपर्ने नियम बनाउन लागेको बताएको छ ।

फिल्डमा खटिएको ट्राफिक प्रहरीले इ-चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट दिनेछ र यो चिटको आधारमा सवारी चालकले इ-पेमेन्ट गर्न सक्नेछन् । ‍

प्रतिक्रिया
सम्बन्धित