मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

त्रिशुली बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो (नामावलीसहित)

दैनिक नेपाल २०७६ जेठ ५ गते १२:३५

काठमाडाैँ, ५ जेठ । धादिङको आदामघाट नजिक बन्छेटारबाट झापाबाट आएको बस त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

काँकडभिट्टाबाट काठमाडाैँ लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशुली नदीमा खस्दा सात जनाको मृत्यु भएको हो ।

चार जनाको घटनास्थल र अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा काठमाडाैँको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाडाैँ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्य रहेको प्रहरीले जनाएको छ ।

अन्य चार जनाको खनाखत हुन सकेको छैन । घाइते मध्ये १७ जनाको काठमाडाैँकाे ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।

 

प्रतिक्रिया
सम्बन्धित