सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

दरबार हत्याकाण्डको ‘आंशिक जानकारी’ भोली सार्वजनिक हुँदै

दैनिक नेपाल २०७६ जेठ ५ गते १२:१८

काठमाडौं, ५ जेठ । १९ जेठ ०५८ मा भएको तत्कालिन राजा वीरेन्द्र शाहसहित परिवारका विभिन्न सदस्यको नरसंहार सम्बन्धीको आंशिक जानकारी सोमबार सार्वजनिक हुने भएको छ ।

सो हत्याकाण्डका बेला पनि दिवंगत राजा वीरेन्द्रका एडीसी रहेका सैनिक अधिकारी सुन्दरप्रताप रानाले पुस्तकमार्फत यस्तो जानकारी दिन लागेका हुन् ।

उनको पुस्तक ‘दरबारका दुखान्त– राजपरिवारको र संहार : मैले जसरी देखें’ किताब पब्लिसर्सले बजारमा ल्याउन लागेको हो । उनले पुस्तकमा दरबार हत्याकाण्डमा आफूले देखेको चित्र मात्र बयान गरेका छैनन्, दरबारभित्रका अनेक अभ्यासका विषयमा पनि उल्लेख गरेका छन् ।

दरबार हत्याकाण्डको १८ बर्षपछि संहारको विषयमा आंशिक आधिकारिक संस्मरण बजारमा आउन लागेको हो । त्यसबेला प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाटको छानबिन समितिले तत्कालिन युवराज दिपेन्द्र शाहले नै परिवारका सबैको गोली हानी हत्या गरेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।

‘रानाको संस्मरणले उनले देखेका र भोगेका विषय बाहिर आउनेछन्, कसरी कसले किन हत्याकाण्ड मच्चायो भन्ने सन्दर्भमा पनि आंशिक रूपमा खुल्नेछ’, दरबारसँग जोडिएकाहरू भन्छन्,‘यसअघि उक्त घटनाका सन्दर्भमा खासै धेरैले मुख खोलेका थिएनन् ।’

प्रतिक्रिया
सम्बन्धित