आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

प्रचण्डले घोषणा गरेअनुसार घरबेटी अधिकारी कारबाहीमा पर्लान् ?

दैनिक नेपाल २०७६ जेठ ५ गते ११:१४

काठमाडौं, ५ जेठ । पोष्टबहादुर बोगटीको स्मृतिमा नुवाकोटको ककनीमा सुरु भएको कृषि महोत्सवको उद्घाटन गर्नका लागि पुगेका थिए नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड ।

प्रचण्ड त्यहि भत्किएको बाटो प्रयोग गरेर पुगे, जसको काम उनका घरबेटी भनिएका ठेकेदार शारदाप्रसाद अधिकारीले ठेक्का लिएका थिए । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले काम गरेको छैन, स्थानीयवासी त्यसैको विरोधमा आन्दोलितमात्र छैनन्, चेतावनी समेत दिन बाध्य भए संघर्ष समिति गठन गरेर ।

कार्यक्रममा केही वक्ताले प्रचण्डका घरबेटीले नै बाटो नबनाएको र प्रचण्डले त्यसमा दबाब नदिएको गुनासो गरे । यसबारे प्रचण्डले सम्बोधन गरे । उनले अधिकारीसँग आफ्नो कुनै सरोकार नभएको मात्र बताएनन्, ठेकेदार जतिलाई ठिक ठाउँमा राख्न सरकारलाई सुझाव पनि दिए ।

८–९ जना ठेकेदारले मुलुकलाई बन्धक बनाएको बताउँदै उनले कारबाही गर्नका लागि सरकारलाई सुझाव दिए । सो क्रममा आफ्नो बचाऊ गरेका उनले भने,‘म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन । म गएपछि ठेक्का पाएको पनि होइन ।’

ठेकेदारले सरकारसँग ठेक्काको पेश्की लिने र जग्गा र अन्य ठाउँमा लगानी गर्दा काम पूरा हुन नसकेको पनि बताए । ठेकदारको एकाधिकार नतोडे जनताले देख्ने गरी प्रगति र समृद्धि आउन कठिन रहेको उनले बताएका थिए ।

अधिकारीलाई कारबाही होला ?

प्रचण्डको यो भनाईपछि सरकारले सडक नबनाउने कन्स्ट्रक्शन मालिक अधिकारीमाथि कारबाहीको डण्डा चलाउन सक्ने देखिएको छ ।

स्थानीय र जनताका सामु नै प्रचण्ड ठेकेदारहरूप्रति आक्रामक र अधिकारीसँगै कुनै लेनादेना नरहेको बताउन नचुकेका कारण स्थानीय सरकारले उनीमाथि कारबाही चलाउन सक्छ ।

प्रचण्डको उक्त भाषणपछि नगरपालिकालाई पनि अधिकारीमाथि कारबाही गर्ने दबाब छैन । प्रचण्डको छत्रछायाँमा रहेको भन्ने परेका कारण नै अधिकारीलाई कसैले छुन सकेका थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित