३० आश्विन २०८३, शुक्रबार

कांग्रेस नेता बलायर आयरल्याण्ड प्रस्थान

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर आयरल्याण्ड प्रस्थान गरेका छन् ।

नेपाली कांग्रेसको जागरण अभियान अन्तरगत उनलाई पार्टीले आयरल्याण्ड पठाएको हो ।

बलायरले त्यहाँ रहेका पार्टीसँग आवद्ध नेपालीहरूलाई पार्टीको साधारण सदस्यता प्रदान गर्नेछन् । उनी विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका समेत रहेको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेता बलायरलाई नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिका अध्यक्ष दीर्घ बलायर नेतृत्वको टोलीले विदाई गरेको थियो ।

नेता बलयारले आयरल्याण्ड प्रस्थान गर्दै आफूले त्यहाँ रहेका नेपालीहरू माझ संगठन विस्तार गर्नुका साथै नेपालमा लगानीका लागि आग्रह गर्ने बताएका थिए ।