मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

प्रधानमन्त्री ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण

दैनिक नेपाल २०७६ जेठ ३ गते २१:०४

चितवन, ३ जेठ । प्रधानमन्त्री खड्गप्रसाद ओली चढेको हेलिकोप्टरलाई चितवनको भरतपुरमा आकस्मिक अवतरण गरिएको छ ।

ओली चढेको हेलिकप्टरलाई भरतपुरस्थित नेपाली सेनाको ब्यारेकमा शुक्रबार आकस्मिक अवतरण गराइएको हो ।

ओली सवार हेलिकप्टर लुम्बिनी जाँदै थियो । मौसमको खराबीका कारण भरतपुरको ब्यारेकमा आकस्मिक अवतरण गरिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली आधा घण्टा व्यारेकमा बसेका थिए । प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य रहेका थिए ।

प्रधानमन्त्री ओलीले त्यस क्रममा ब्यारेकभित्रै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका थिए ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री आर्मी ब्यारेकमा अवतरण गरेपछि निम्ता गरिएकोले आफू त्यसतर्फ गएको बताएकी छिन् ।

मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली गन्तव्यतर्फ लागेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित