आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

पत्रकार महासंघले भोलि बानेश्वरमा प्रदर्शन गर्ने

दैनिक नेपाल २०७६ जेठ २ गते १५:१३

काठमाडाैँ, २ जेठ । नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्ध शुक्रबार बृहत प्रदर्शन गर्ने भएको छ ।

पहिलो चरणको आन्दोलनको अन्तिम दिन जेठ ३ गते (शुक्रबार) मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि बृहत प्रदर्शन गर्ने महासंघले जनाएको छ । यस्तै, जिल्लाहरुमा पनि सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

विधेयकसहितका कानुनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित हुँदै आएको छ।

पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको महासंघका महासचिव रमेश विष्टले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित