आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

रिना बस्नेत प्रकरण : मादक माया, ज्यानमारा मदिरा !

दैनिक नेपाल २०७६ जेठ २ गते १३:४६

काठमाडौं, २ जेठ । यो महिना पूर्वमा निक्कै चासो र चियोको विषय बन्यो, मोरङ पथरीमा कस्मेटिक पसल खोलेकी रिना बस्नेत मृत्यु प्रकरण ।

हत्या आशंका, आत्महत्या र अनेक विषयको विरोधाभाषमा उक्त मृत्यु प्रकरणलाई चासोका साथ व्याख्या गरियो । उनका छोरा साइमन, पतिलगायतका अन्तरवार्ताहरू र बयानबाजी पनि चर्चामा रहे ।

निष्कर्शचाहिँ, मृत्यु नै भएको प्रहरी अनुसन्धानले खुलायो । अन्य पाटाबाट पनि उक्त प्रकरणबारे प्रहरी अनुसन्धानमा हुनसक्छ । तर, लगभग यो प्रकरणको प्रारम्भिक अन्त्य पोष्टमार्टम रिपोर्ट आएपछि भयो । पोष्टमार्टक रिपोर्टले भन्यो,‘बस्नेतको मृत्यु छातीमा चोट लागेको र अधिक मदिरा पेटमा रहेको थियो ।’

रिपोर्टलाई आधार मान्ने हो भने, रिना बस्नेतले मदिरा पिएर लडेको हुनसक्छ । यो अनुमानमात्र हो, अन्तिम सत्य प्रशासनले नै जानकारी दिन सक्ला । तर, मोरङ प्रहरी प्रमुख मनोज केसीले पोष्टमार्टमको रिपोर्टलाई नै प्रारम्भिक आधार जनाइसकेका छन् ।

मादक माया, ज्यानमारा मदिरा

रिनाका छोरा साइमनले विभिन्न माध्यममा आएर आमाका प्रेमी रहेको पुष्टि गरिदिए । यो पुष्टि प्रहरीले पनि गरेको थियो, कमल नेपाल पक्राउ गरी अनुसन्धानमा बयान लिने क्रममा । नेपालको संलग्नता हुन नसक्ने देखेरै १० हजार धरौटीमा उनी प्रशासनको नजरमा रहनेगरी रिहा भइसकेका छन् ।

नेपालले नै भनेका थिए,‘हो, रिना र मेरो प्रेम थियो ।’ यसबाहेक रिनाकी भाउजुले पनि यो विषयलाई खुलेर बताएका कारण पुष्टि हुने आधार छ ।

रिना बस्नेतको दाहसंस्कार भइसकेको छ । तर, यो प्रकरणले आधुनिक समाजको एउटा चित्र खोलेको छ, ‘मादक माया, ज्यानमारा मदिरा’का बारेमा ।

घटनाक्रमको विश्लेषण गर्दा जुन दिन रिनाको मृत्यु भएको त्यसको अधिक रातसम्म उनी कन्सर्टमा मदिरा पिएर रमाइलो गर्न पुगेकी थिइन् । उनका छोरा साइमनका अनुसार त्यसै राती घरमा आएपछि मदिरा थपिएको थियो । साइमनले मिडियामा दिएको बयान र पोष्टमार्टम रिपोर्टको तथ्य मेल खान्छ ।

अर्को, नेपालले बस्नेतसँग प्रेम रहेको स्वीकार गर्नु र अनुसन्धानका क्रममा त्यसै रात नेपालसँग टेलिफोन सम्पर्कमा लामो कुरा हुनु मादक मायाको प्रभाव थियो । उनीहरूबीच गहिरो प्रेम रहेछ जसका कारण रिना मदिरा पिएर नेपालसँग गफिन थालिन् ।

गम्भिर दुर्घटना

वैदेशिक रोजगारीमा रहेका पतिको कमी सामाजिक र पारिवारिक हिसाबले पनि रिनाका लागि स्वभाविक रहँदा भावनात्मक सम्बन्ध जोडिएका नेपाल नजिक भए ।

नेपाली समाजमा मात्र होइन, यस्ता भावनात्मक सम्बन्धहरू मानव सभ्यता रहेका अन्य मुलुकमा पनि रहँदै आएका कतिपय उदाहरण देखिन्छ ।

तर यो सम्बन्धलेचाहिँ एउटी महिलालाई गम्भिर दुर्घटनाको शिकार बनायो ।

प्रतिक्रिया
सम्बन्धित