मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको मृत्यु

दैनिक नेपाल २०७६ जेठ २ गते १२:०४

काठमाडाैँ, २ जेठ । कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ भने चिलीका एक आरोही बेपत्ता भएका छन् ।

उनीहरूलाई कंचनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाकाअनुसार दुई जना भारतीयको बुधबार राति क्याम्प ४ भन्दामाथि ८ हजार मिटरको उचाइमा मृत्यु भएको हो।

मृत्यु हुनेमा ४७ वर्षीय विप्लव वैद्य र ४५ वर्षीय कुलापाल कर्नाज रहेको शेर्पाले जानकारी दिए । उनका अनुसार वैद्य ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघाको चुचुरोमा पुगेर फर्कँदै थिए भने कर्नाज माथि चढ्दै थिए।

दुबै जनालाई हाइअल्टिच्युडको समस्या भएपछि राति अबेरसम्म शेर्पाहरूले क्याम्पमा ल्याउन प्रयास गरेपनि मृत्यु भएको पासाङले जनाए । त्यसपछि शव छोडेर शेर्पाहरू क्याम्पमा पुगेका उनले बताए ।

मृतकहरूको शव अहिले पनि घटनास्थलमै रहेको र तल झार्ने प्रयास भइरहेको पासाङले जानकारी दिए । हिजै कञ्चनजंघा चढेर फर्किने क्रममा रहेका चिलीका आरोही रोर्टिगो भिभान्को बेपत्ता भएका छन् । उनले आफू चुचुरोमा पुगेर फर्किन लागेको बताएका पनि अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित