आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

२ क्विन्टल गाँजासहित २ नेपाली र एक भारतीय गाडी नियन्त्रणमा

दैनिक नेपाल २०७६ जेठ २ गते ११:५२

फाइल तस्बिर

काठमाडाैँ, २ जेठ । २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले २ क्विन्टल भन्दा बढी गाँजासहित २ नेपाली र एक भारतीय गाडीलाई नियन्त्रणमा लिएको छ।

बुधबार साँझ साढे ७ बजे लालबन्दी नगरपालिका–६ संगम लामाको घरबाट प्रहरीले ताला फुटाएर ६० किलो गाँजा बरामद गरेको थियो भने लालबन्दी–७ कै एक अस्पताल छेउबाट प्रहरीले भारतीय गाडीबाट १ सय ५० किलो गाँजा बरामद गरेको थियो।

अस्पताल नजिक पार्किङ गरेर राखिएको बिआर३०पी १४५८ नम्बरको भारतीय गाडीबाट ७ वटा प्लाष्टिकको बारोमा राखेको अवस्थामा १ सय ५० किलो गाँजा बरामद भएको हो। गाँजासहित प्रहरीले लालबन्दी–७ का सनोजराज घिमिरे र पर्साको वीरगञ्ज महानगरपालिका–१८, भिस्वाका २२ वर्षीय सिधु सिंहलाई पक्राउ गरेको छ।

उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दी पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित