शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

देशका धेरैजसो भूभागमा दिउँसोपख मेघ गर्जनसहित पानी पर्ने

दैनिक नेपाल २०७६ जेठ २ गते ११:०७

काठमाडाैँ, २ जेठ । देशका धेरैजसो भूभागमा आज बिहीबार दिउँसोपख मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणालीको कारण काठमाडौँमा पानी परेको हो ।

बिहरीबार पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

बुधबार राति काठमाडौँ उपत्यकामा ५ दशमलव ९ मिलीलीटर वर्षा भएको छ। राति पानी परे पनि काठमाडौँ उपत्यकाको मौसम अहिले खुलेको छ।

साँझपख भने उपत्यकासँगै मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमी पहाडी क्षेत्रमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीले बताइन् ।

 शुक्रबारदेखि भने मौसम दुई–चार दिन सफा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित