मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

विजय स्मारकका विद्यार्थी र शिक्षकहरूलाई सिंहदरबार प्रहरीको प्रशिक्षण

दैनिक नेपाल २०७६ जेठ २ गते ७:१०

काठमाडौं, २ जेठ । महानगरीय प्रहरी बृत सिंहदरवार, काठमाडौंले समुदाय प्रहरी साझेदारी अन्तर्गत वियज स्मारक बिद्यालय डिल्लीबजारका कक्षा ९ मा अध्यनरत ४२ जना विधार्थीसंग १ दिने प्रशिक्षणमुलक अवलोकन कार्यक्रम सम्पन गरेको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत विद्यालयको बिभिन्न तहहरूमा अध्यनरत विद्यार्थीलाई प्रहरीले समाजमा शान्ति सुव्यबस्था कायम गर्न अपनाउने बिबिध कृयाकलाप लगायतको गतिबधिहरू जानकारी गराइएको डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।

भोलिको समाजको लागि कोशेढुङगाको रुपमा रहेका बिद्यार्थीलाई यस खालको कृयाकलापमा सरिक गराउन सकेको खण्डमा अपराधरहीत समाज निर्माण गर्ने कर्यमा बिद्यार्थीले समेत अहंभूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।

सो भिजिटको अबधीमा बृत सिंहदरवारले गरेको कामहरूको अलावा बृत अन्तर्गतका बिभिन्न गतिबिधिहरू विद्यार्थीलाई अवलोकन गराइएको थियो ।

भिजिटका क्रममा बिद्यार्थीका जिज्ञासाहरूको बारेमा बृत प्रमुख प्रहरी नायव उपरीक्षक आचार्य र प्रहरी निरीक्षक भोजराज पाण्डेयले सहजीकरण गरेका थिए ।

प्रहरीको यस किसिमको कार्यक्रममा सहभागिता हुन पाउँदा खुसी लागेको विद्यार्थी तथा शिक्षकहरूले खुसी जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित