शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

हराउँदै गएको हाम्रो स्वाभिमान र राष्ट्रियता

डा. राजन किशोरी केसी २०७६ जेठ २ गते ६:५६

डा. राजन किशोरी केसी

देशप्रतिको माया येति धेरै अपार हुन्छ, त्यो कहिल्य पनि मर्दैन । साच्चै भन्नुपर्दा आफ्नो जन्मभूमि को माया कति लाग्छ भने लडाइँको मैदानमा होमिएको सिपाहीलाई कि त बिदेशिएका जुनसुकै नेपालीलाई सोध्यो भने थाहा हुन्छ सायद त्येही भएर होला हामी जता गएपनी हाम्रो मुटुमा देशप्रेम हटेको हुदैन । तर आज हाम्रोराष्ट्र , राष्ट्रियता र स्वाभिमानलाई ठेस पुराउने काम गरिरहेका छन्र तिनैले खोक्रो राष्ट्रियता देखाउदै हिडेका छन् ।

राष्ट्रलाई कमजोर पार्ने शक्तिहरु सलबलाई रहेका छन् , राष्ट्रिय एकता कुण्ठित भएको छ र सद्भाव हराउदै गएकोछ । राष्ट्रको गरिमा , स्वाभिमान र संबेदनसिलता बुझिदिने कोहि पनि भएनन् ,केवल आफ्नै स्वार्थमा तल्लीन भएका छन्। जताततै चोरी ,लूट, भ्रस्टाचार, घुसखोरी, कृपाबाद, परिवारबाद ,माफिया आदिको हाली मुहाली देखिन्छ । त्यसैगरी हत्या , हिंसा, बलात्कार जस्ता अपराधहरु दिनका दिन बढिरहेको छन् ।

पैसा र पहुचहुनेहरुले त् नियम कानुननै किनिदिनछन् । आम मानिसहरु कामकाजको लागि सरकारी कार्यालय धाउदा बाटो बाटोमा बिचौलियाहरुको बिगी बिगी देखिन्छन । बालुवाटार, टुडीखेल, कालिगण्डकी, पशुपतिनाथ मन्दिर लगायत जग्गा धमाधम भू-माफियाको कब्जामा गएको देखिन्छ । अझ भन्नुपर्दा अंगीकृतहरुलाई नागरिकता बाडेर हामी नेपालीहरुलाई अल्पमत पार्ने अवस्था आएको देखिन्छ,जुन हाम्रो रास्ट्रको लागि घातक कुरा हो ।

यस्तो लाग्छ कि यो देशको साचो कसको हातमा छ? राज्य कहाँबाट संचालित छ ? होयो म जस्ता लाखौ युवाहरुको आक्रोश हो , कसको ठेक्कामा बनेको देश हो यो ? हामी येस्तो देशमा बसेका छौ जहाँ कुनै बिदेशी आएर हामीलाई हाम्रो राष्ट्रियता सम्झाईदिनु पर्ने, हाम्रो जल, बिधुत , बुहुमूल्य वनस्पती -जडिबुटी , कृषि, खनिज, पर्यटन आदि को उपयोग र त्यसले पार्ने परिबर्तन अनि समृद्धिको बारेमा बताइदिनु पर्ने कस्तो बिडम्बना हो यो ? देशको प्राकृतिक स्रोत तथा साधन, उर्वरहा भूमिको उपयोग अनि व्यवस्था गर्न नसक्नेहरुले के को राष्ट्रियता र स्वाभिमान ? आफ्नै नागरिकको रगत र पसिना बेचेर पठाएको रेमिट्यान्सले धानी रहेको छ यो देश ।

दक्ष र सक्षम राष्ट्रप्रेमी नौजवान युवाहरुको जोश- जागर र सीपलाई देशको नवानिर्मार्ण कार्यमा परिचालन गर्न नसक्नुले आज लाखौ युवाहरु बिदेशिन बाध्य भएकाछन् । करिब ८०-८५ लाख जनसंख्या देशबाट पलायन भैसकेका छन् तिमध्य्ये धेरैखाडीको रापमा पसिना बगाईरहेका छन् र दैनिक ७-८ वोटा लाश आईरहेका छन् , कोहि अध्ययन र जीवन यापनको लागी बिकसित देशमा बसिराका छन् भने कोहि ब्रिटिश, इन्डियन र अमेरिकन आर्मीमा भर्ती भएकाछन् ।

त्यसैगरी कोहि युवाहरू घर समाज वरपरको देखासिकी गरी लहडमा विदेश जाने गरेका छन् ।सदियौ देखि हामी नेपाली नचहादा नचहादै पनि अरुको लागि मात्र प्रयोग भएका छौ । आज हरेक बृद्धा बुवाआमाले आफ्ना सन्तान कहिल्य नेपाल फर्कान्छन भनेर कुरेर बसिरहेको अवस्था छ ।

राज्य कोषको ढुकुटी दोहन, आएको अनुदानको दुरुपयोग अनि देश कंगाल कसरी नबनोस त ? आज देश ऋणमा चुम्लुन्न डुबेको छ , प्रत्येक नेपालीको टाउकोमा ऋण थुप्रिदै गएको छ । त्यहि पनि गरिब र धनी बीचको खाडल उतिकै छ, गरिबलाई बिहानको खाएर बेलुका के खाने भनेर छाक टार्न गाह्रो छ ।

ग्रामिण भेगमा शिक्षा र स्वास्थ्यका अवाश्यक पूर्वाधार पुग्न सकेको छैन। महंगी , बेरोजगारी, कालोबजारी, प्रदूषण , अस्थब्यस्थ सार्बजनिक यातयात आदिको नियेंत्रण हुन सकेको देखिदैन । आधुनिक कृषि प्रणाली , व्यवस्थित बजारीकरण, वैदेशिक लगानीको सुरक्षा , पुरानो तथा नया उद्योग संचालनको क्षेत्रमा सहि वातावरण बनाएको पनि खासै देखिदैन । पूर्णनिर्माणका कामहरु सुस्त गतिमा हिडिरहेका छन् ।

देशको भौगालिक , सामाजिक,सास्कृतिक ,आर्थिक, राजनीतिमाथी बाहिर्या शक्तिले बारम्बार हस्तछेप गरीरहेका छन् । हाम्रा भूभागहरुदिनका दिन गुमिरहेका छन् , हाम्रा नदी नाला , ठूला ठूला आयोजनाहरु एकतर्फीमात्र सौदाबाजी भैरहेका छन् ।

यस्तो देख्दा कुन नेपालीको मन नदुख्ला, छाती छिया -छिया कसो नहोला ,आँखाबाट आसु किन नबग्ला , कसको जिउ सिरिङ्ग नहोला ?? सायदहाम्रो आफ्नै अपरिपक्क सोचाई र चिन्तन , परनिर्भरता ,गरिबी , कमजोर शासन प्रणाली ,कमजोर सुरक्षा र परराष्ट्र नीति ,असपस्ट कानुनले गर्दा छिमेकीको हेपाई खानु परिरहेको छ। येस्तै चलिरह्यो भने एकदिन यो देश बेचिएला भन्न नसकेला ? अबप्रत्येक नेपालीहरुले छातीमा हात राखेर आफ्नो भावी सन्ततिको भविस्यको लागि सोच्नु पर्ने अवस्था आएको छ ।

कुनैबेलाका अमेरिकाको राष्ट्रपति जोन एफ केनेडीले भनेका थिए – तिम्रो देशले तिम्रो लागि के गर्छ भनेर नसोध्नु – आफ्नो देशको लागि आफुले के गर्न सक्छु भनेरआफैलाई सोध्नु। सायद अब हरेक राष्ट्र प्रेमी नेपालीहरुले रास्ट्रको लागि सोच्नु र गर्नु पर्नेबेला आएको छ, अहिलेको अवाश्यकता भनेको राष्ट्रियता हो ।

(प्रसुति तथा स्त्री रोग विशेषज्ञ शिक्षा अध्यनरत, हाल चीन)

प्रतिक्रिया
सम्बन्धित