शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

कर्मचारी सरुवाका कारण उद्योग मन्त्रालयमा तनाव, झण्डै हात हालाहाल

दैनिक नेपाल २०७६ जेठ २ गते ६:४२

काठमाडौं, २ जेठ । कर्मचारी सरुवाका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार तनाव उत्पन्न भएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

मन्त्री मात्रिका यादवको निजी सचिवालयमा सरुवामा असन्तुष्टबीच तनावको स्थिति सृजना भएको हो ।

मन्त्रालय स्रोतका अनुसार असन्तुष्ट पक्षबीच झण्डै हात हालहालको अवस्था सिर्जना भएको थियो । मन्त्रालय स्रोतका अनुसार कांग्रेसनिकट कर्मचारीले निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए ।

कांग्रेसनिकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको बताइएको छ । उनीहरूले कांग्रेसनिकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपानिकट विनोद खड्कालाई पठाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

त्यस विषयमा मन्त्री यादवले आफ्नो ध्यानाकर्षण भएको र गल्ती भए सच्याउने बताएपछि वातावारण शान्त बनेको थियो । उनले गल्ती गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

मन्त्री सचिवालयका सन्तोष विष्टले मन्त्रालयमा कर्मचारीले राजनीति गर्न नहुने बताए । ‘मन्त्रालयमा राजनीति गर्न पाइँदैन,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित