आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

‘काण्ड’ मच्चाउने काँग्रेस नेता फरार, प्रहरी भन्छ : खोजी तीब्र छ

दैनिक नेपाल २०७६ जेठ १ गते १८:१७

काठमाडाैँ, १ जेठ । झोलुङ्गे पुल योजनाको बिषयलाई लिएर इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने जिल्ला समन्वय समिति अछामका सदस्य एवम् काँग्रेस सहसचिव बेदप्रकाश तिमिल्सिना फरार भएका छन् ।

उनलाई तत्काल पक्राउ गरि आवश्यक कारवाही थाल्न गृहमन्त्री रामबहादुर थापाले प्रमुख जिल्ला अधिकारी र डिएसपीलाई आदेश दिएपछि तिमिल्सिना फरार भएका हुन् ।

अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई तिमिल्सिनाले अश्लील शब्दमा गाली गर्दै ज्यान मार्ने धम्की दिएका थिए । उनले धम्की दिएको अडियो अहिले भाइरल बनेको छ ।

तिमिल्सिनाले  इन्जिनियर थापा सँगै सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेकपा सुदूरपश्चिम सचेतक अक्कल रावललाई समेत गाली गरेका थिए ।

आफूले भनेबमोजिम नगरेको र आफ्नो मान्छेलाई समितिको अध्यक्ष नबनाएको भन्दै तिमिल्सिनाले थापालाई काटेर फाल्ने धम्की दिएका थए । उनले फाेन रेकर्ड गर्न र सिडीओलाई उजुरी गर्न समेत चुनौती दिएका थिए ।

इन्जिनियर एसोसिएसन ३ नम्बर प्रदेश कार्यकारिणी समितीले समेत उनलाई गिरफ्तार गरेर कारवाही गर्न माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको थियो ।

फरार रहेका तिमिल्सिनाको खाेजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रेकर्ड भाइरल हुनु अगावै देखि तिमिल्सिना अछाम छाेडेर भागेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले बताएका छन् ।

‘गृहमन्त्रालयको आदेशपछि उहाँको खोजी कार्य अझै सक्रिय भएर गरिरहेका छौं, ठाउँ ठाउँमा प्रहरी परिचालन गरेका छौं’ डिएसपी शाहीले भने ।  तिमिल्सिनालाई गिरफ्तार गर्न विभिन्न जिल्लाका प्रहरीसँग पनि समन्वय गरेको शाहीले बताए ।

तिमिल्सिना काङ्ग्रेस अछामका सहसचिव र प्रवक्ता समेत हुन् ।

यो पनि पढ्नुहाेस् :

काँग्रेस अछामका प्रवक्ता तिमिल्सिनाले मच्चाए यस्तो काण्ड

काँग्रेस नेतालाई कारवाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइयो

प्रतिक्रिया
सम्बन्धित