आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

माधव नेपाल भन्छन् : हामीले दुईतिहाइ मत पाएका होइनौँ

दैनिक नेपाल २०७६ जेठ १ गते १७:४६

काठमाडाैँ, १ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै गत निर्वाचनमा पाएकाले दुईतिहाइको घमण्ड गर्नु नहुने धारणा राखेका छन् ।

युवा संघको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको भन्दै जनताका कुरा सुन्न र सुख–दुःख बुझ्न पार्टी नेतृत्वलाई सुझाव दिए ।

‘हामीले ५५ प्रतिशत जनताको मत प्राप्त गरेका छौं, ख्याल गर्नुहोस् दुई तिहाई होइन’, पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने । उनले अहंकार छाड्न र जनताको मन जित्ने काम गर्न सुझाव समेत दिए ।

नेपालले भने, ‘जनताका समस्या के हुन् ? चाहना के हुन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु, हाम्रो बानी के भएको छ भने भन्ने धेरै बोल्ने। कम सुन्ने ।’

कम्युनिष्ट नेताहरुको आचरण र व्यवहार परीक्षणमा रहेको भन्दै वरिष्ठ नेता नेपालले युवा नेताहरुलाई सचेत समेत गराएका छन् । भाषणको प्रतिष्पर्धामा नजाने भन्दै उनले सामाजिक न्यायसहित सम्मृद्धि मुठ्ठी भरको जमातका लागि नभएको बताएका छन् ।

उनले कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई अध्ययन, चिन्तन गर्न अनुरोधसमेत गरे।

प्रतिक्रिया
सम्बन्धित