मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुन्छ : विष्णु पाैडेल

दैनिक नेपाल २०७६ जेठ १ गते १६:३४

काठमाडाैँ, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताएका छन् ।

तत्कालिन एमाले सम्वद्ध युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा महासचिव पाैडेलले पार्टी एकता भएको एक वर्ष पुगेको दिन एकता टुंगिएको घोषणा हुने बताएका हुन् ।

एकताका धेरै महत्वपूर्ण काम सकिएपनि केही बाँकी छन् भनेर गुनासो आइरहेको बताउँदै महासचिव पौडेलले अब त्यो गुनासो पनि धेरै दिन सुन्नु नपर्ने बताए ।

‘पार्टी एकता अबको केही घण्टाभित्र टुंगिन्छ । जेठ ३ गते विहान एकता प्रक्रियामा बाँकी रहेका विषय टुंगिएको घोषणा हुनेछ’,  महासचिव पाैडेलले भने ।

कार्यक्रममा बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले पनि जनवर्गीय संगठनहरुको एकीकरण तत्कालै टुंगो लाग्ने बताए । खनालले जेठ ३ मा केही गरि नसकिएपनि जेठभित्रमा सबै काम सकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित