आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

आपुर्ति मन्त्री यादव र काँग्रेस निकट कर्मचारीका नेताबीच मन्त्रालयमै कुटाकुट

दैनिक नेपाल २०७६ जेठ १ गते १६:०२

काठमाडाैँ, १ जेठ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको छ ।

मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच मन्लायमै कुटाकुट भएको बताइएको छ ।

अधिकारीको समूहले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । कर्मचारी नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ ।

उनीहरुले काँग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुर्व्यवहार गरेकाे मन्त्रीको निजी सचिवायलयले जनाएकाे छ । कुटाकुट भने नभएकाे सचिवालयको दाबी छ ।

होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाएपछि लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।

यसअघि, यादव वनमन्त्री भएका बेला ललितपुरका स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेलाई ट्वाइलेटमा थुनेर चर्चामा आएका थिए ।

ललितपुरको सामुदायिक वनमा ढुङ्गा खानी सञ्चालन गर्न दिएको र त्यसलाई बन्द गर्न निर्देशन दिँदा नमानेको भन्दै मन्त्री यादवले स्थानीय विकास अधिकारी घिमिरेलाई शाैचालयमा थुनेका थिए।

मन्त्री यादव खरो स्वभावका व्यक्ति मानिन्छन् । कुनै कुरामा चित्त नबुझे तुरुन्तै प्रतिक्रिया जनाइहाल्ने बानी भएकाले उनी अलि रिसाहा नेता भनेर समेत चिनिन्छन् ।

स्वाभिमानमा चोट पर्ने खालका कुरा या आफूलाई डोमिनेसन फिल हुने खालका कुरा भएमा तुरुन्तै प्रतिक्रिया जनाइहाल्ने बानी भएपनि उनी मनका सफा र सोझा क्रान्तिकारी नेत भएको उनी निकटका नेताहरुले जनाउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित