आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

नेपाल छिरेका पाकिस्तानी दम्पत्ती, यस्तो थियो ‘चोरीचक्र’

दैनिक नेपाल २०७६ जेठ १ गते १३:३८

काठमाडौं, १ जेठ । पर्यटन भिसामा नेपाल छिरेका एक पाकिस्तानी दम्पत्तीले अनौठो हिसाबले चोरीको चक्र चलाएको खुलेको छ ।

भक्तपुरको एउटा पसलको काउन्टरबाट ७० हजार, लोकन्थलीको अर्को काउन्टरबाट ३० हजार हराएको उजुरी परेपछि खोज्दैजाँदा फेला परे यो दम्पत्ती ।

सिसिटिभी फुटेजहरू निकालेपछि महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले लोकन्थलीबाट यो दम्पत्तीको गाडीको पिछा गरेको थियो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट गाडी नियन्त्रणमा लिँदा दम्पत्तीसहित ५ जना फेला परे । उनीहरूका डेढ र साढे चार वर्षका छोराछोरीहरू र एक चालक प्रहरीले भेट्यो । पाकिस्तानी दम्पत्ति मनसिंह खान र पूजा खानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गर्दा चोरीमा उनीहरूकै हात रहेको पत्ता लागेको हो ।

यहि दम्पत्तीले एक महिनाअघि बुटवलमा एक लाख ७० हजार यसरी नै चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तीन महिने पर्यटक भिसामा उनीहरू आएका हुन्, जसको म्याद दुई सातामा सक्किने छ ।

‘नेपाली पैसा हेर्ने बहानमा जादुमय हिसाबले चोरी गरेको भेटियो’, प्रहरी भन्छ,‘अनुसन्धान सकेर मुद्दा हाल्ने तयारी गरेका छौं ।’

प्रतिक्रिया
सम्बन्धित