आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

नेपाली युवतीको दिल्ली दर्द : मुम्बईको रेल छुट्यो, सामूहिक बलात्कारमा परें

दैनिक नेपाल २०७६ जेठ १ गते १२:०३

काठमाडौं, १ जेठ । भारतको मुम्बईमा रहेका आफ्ना दाजुलाई भेट्नका लागि हिँडेकी २२ बर्षिया नेपाली युवतीमाथि नयाँ दिल्लीमा आइतबार राती सामूहिक बलात्कार भएको छ ।

आफूमाथि सामूहिक बलात्कार भएको भन्दै मुम्बई पुगेर ओसावारा प्रहरीमा ति युवतीले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । मुम्बई प्रहरीले बलात्कार गर्ने युवालाई पक्राउ गर्नका लागि दिल्ली प्रहरीलाई पत्राचार गरिसकेको छ ।

भारतीय अखबार मुम्बई मिररका अनुसार उनी मुम्बईको रेल समात्नका लागि नयाँ दिल्लीमा बसमार्फत पुगेकी थिइन् । उनी समयमा स्टेशन नपुगेका कारण रेल छुटेको थियो । प्ल्याटफर्ममा बसेका बेला चार जना मानिस आए र उनलाई सुरक्षित ठाउँमा जानुपर्छ भन्दै द्वारका लगेर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ । उनले उजुरीमा भनेकी छन्,‘मैले रेल समात्न सकिन र स्टेशनमा थिएँ । त्यसपछि ममाथि यो कहालीलाग्दो घटना भयो ।’

बलात्कारपछि ति युवाले नेपाली युवतीलाई पुनः स्टेशनमा ल्याएर छाडेका थिए । घटना शनिबार भएको थियो । उनी सोमबार मुम्बईको गोरेगाउँमा दाजुलाई भेटेर आफूमाथि भएको बलात्कारको घटना सुनाएपछि प्रहरीमा उजुरी दर्ता गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित