शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

बीबीएस तेस्रो वर्षमा अध्यनरत पूजा शर्माको मृत्यु

दैनिक नेपाल २०७६ जेठ १ गते ६:३९

इटहरी, १ जेठ । सुनसरी जिल्लाको इटहरीमा घरको तीन तलामाथिबाट खसेर एक जना किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी ६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेकी छिन्।

पूजाको मृत्युको कसरी र किन भयो भन्ने विषयमा केही खुलेको छैन । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १० बजे मृत्यु भएको इटहरीका डीएसपी समिरचन्द्र खरेलले जानकारी दिएका छन ।

मृतक पूजा इटहरीस्थित कस्तुरी कलेजमा बीबीएस तेस्रो वर्षमा अध्यनरत् थिइन् ।

प्रतिक्रिया
सम्बन्धित