शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

टेलिभिजनको स्टुडियोबाट उपप्रधानमन्त्रीलाई अपमान गर्दै निकाला (भिडियो)

दैनिक नेपाल २०७६ वैशाख ३० गते १०:११

काठमाडौं, ३० वैशाख । एउटा निजी टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम चलिरहेका बेला उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई निकाला गरिएको छ ।

आइतबार राति ९ बजे एउटा निजी टेलिभिजनको ‘सकस राजनीति बहस’ कार्यक्रमबाट कार्यक्रम सञ्चालक सुशील पाण्डेले ‘प्रश्नको जवाफ दिन सक्नु हुन्न भने जान सक्नु हुन्छ’ भनेका थिए । त्यसपछि उपप्रधानमन्त्री यादवले प्रश्न सोध्ने कार्यशैली र प्रस्तुति ठीक नभएको भन्दै प्रत्यक्ष प्रशारण भइरहेको टेलिभिजन कार्यक्रमबाट उठेर बाहिरिएका थिए ।

कार्यक्रम प्रस्तोता पाण्डेले पार्टी एकताको विषयमा सोधिएको प्रश्नमा उपप्रधानमन्त्री यादव भड्किएका थिए । उपप्रधानमन्त्री यादवले ‘तपाईले प्रश्न गर्ने कुरामा ढंग भएन’ भनेपछि प्रस्तोता पाण्डेले ‘प्रश्न सोध्न ढंगा नसिकाउनुस्’ भनेर प्रतिवाद गरेका छन् ।

त्यसपछि उपप्रधानमन्त्री यादव र कार्यक्रम प्रस्तोता पाण्डेबीच यति तनाव बढ्छ कि उपप्रधानमन्त्री यादवले कार्यक्रम नै छाडेर हिँड्नु पर्ने अवस्था भिडियोमा देखिएको छ ।

प्रस्तोता पाण्डेले ठाडो प्रश्न सोधिन्छ ठाडो जवाफ चाहिन्छ भन्छन् । त्यसपछि पनि प्रस्तोता पाण्डेले ‘तपाई जान सक्नु हुन्छ’ भन्छन् । ‘यहाँ आएर बकबास नदेखाउनुस् मन्त्रीज्यू’ भनेर अझै पनि ती प्रस्तोताले उपप्रधानमन्त्री यादवलाई अपमान गरेको युट्युबमा राखिएको भिडियोमा देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित