मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

काँग्रेस अछामका प्रवक्ता तिमिल्सिनाले मच्चाए यस्तो काण्ड

दैनिक नेपाल २०७६ वैशाख २९ गते ११:४४

काठमाडाैँ, २९ बैशाख । नेपाली काँग्रेस अछामका सहसचिव एवम् प्रवक्ता बेदप्रकाश तिमिल्सिनाले पूर्वाधार विकास कार्यालय साँफेबगरका निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई ज्यान मार्ने धम्कीसहित अश्लिल गाली गरेको अडियो सार्वजनिक भएको छ ।

दुई कार्यकाल पत्रकार महासङ्घ अछामको अध्यक्ष भइसकेका उनी पछिल्लाे समय काँग्रेसमा सक्रिय छन् । काँग्रेस अछामका सहसचिव एवम् जिल्ला समन्वय समितितका सदस्य समेत रहेका तिमिल्सिनाले इन्जिनियर थापालाई काट्ने धम्की मात्र दिएका छैनन् पटक पटक फाेन रेकर्ड पनि चुनाैती दिएका छन् । साथै, नेकपाका सुदूरपश्चिम प्रदेश सचेतक एवं प्रदेश सभा सदस्य अक्कल बहादुर रावललाई समेत चरित्र हत्या हुनेगरि गालीगलाैज गरेका छन् ।

उनले आफूले भने बमोजिमका काम नगरेको भन्दै इन्जिनियरलाई थापालाई तथानाम गालिगलौज गरेको अडियोबाट प्रष्ट हुन्छ । उनी पञ्चदेवल नगरपालिका वडा नम्बर १ बाट वडा सदस्यमा बिजय भएर जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएका हुन् ।

‘तँलाई काटेर फाल्छु, मान्छे मार्नु मेरा लागि ठूलो कुरा हैन’  भन्दै इन्जिनियरलाई धम्की दिएका तिमिल्सिनाले उनलाई काट्ने भनेर आमाको नाममा कसम समेत खाएका छन् ।

यस्तो छ उनीहरुबीचको कुराकानी :

तिमिल्सिना : काम गर्ने तँ हाकीमलाई काटेर त्यो नौघाटेका खोलामा रगत बगाएन भनेदेखि म बेद प्रकाश तिमिल्सिना हैन मु.* रेकर्ड गर, मेरो फोन रेकर्ड गर ।

इन्जिनियर : कस्तो कुरा गर्नुहुन्छ ? मैले हजुरको कुरा नमानेको होर भन्या..

तिमिल्सिना : कस्तो कुरा हैन म फेरि भन्छु तँ कार्यकर्ता हो तँलाई काटेर नौघाटेका खोलामा रगत बगाइनँ भने म बेद प्रकाश तिमिल्सिना हैन । के बुझ्या छस् तैँले ? मा.* मु.* तँ एमालेको कार्यकर्ता हैन ? कसले जागिर दियो ? मा.* चोर, साले यो उत्तर कोरिया हो ? के बुझेको छन् तँ सालेले । यो देशमा साम्यवादी शासन छ मु*.. ?  यो देशमा कांग्रेस पार्टी पनि छ । यो वडा कांग्रेसले जितेको हो । कांग्रेसका मान्छे छन् । तँलाई मात्र हैन, तेरो माननीय भनिएकोलाई पनि काट्ने हैसियत छ बेद प्रकाश तिमिल्सिनासँग । त्यो यौन पिपाशु….को हो त्यो अक्कल रावल मा.*

इन्जिनियर : अब म के भनौ हजुरलाई अब…

तिमिल्सिना : के भनौ हैन त मु.* काट्ने हो म काट्ने हो । तँलाई काट्ने हो । अरु कुरा जान्दिनँ म । तँ मु.* हैन सम्झौता गर्ने ? त्यो पैसा, त्यो सम्झौता अघि बढाईस् भने तेरो टाउकोमा बम पड्काई दिन्छु । मु.* बन्दुक चलाउने मान्छे हो म पनि त मु.* लाई मार्नुमा कुनै समस्या छैन । तँलाई मारेर मुक्ति गराउँछु । जंगे थापा मेरो आवाज रेकर्ड गर फेरि भन्छु तँलाई काटेर रगटेको सालमा रगत बगाउने हो । फोन रेकर्ड गर । सिडियोलाई भन्

इन्जिनियर : हजुर एउटा जनप्रतिनिधि मान्छे आवेशमा किन आउनुहुन्छ..

तिमिल्सिना : ताई न तुई काम गर्छस् । यो प्रक्रिया अगाडी बढाईस भने  फेरि भन्छु तँ मु..*लाई काट्ने नै हो,  रिसले भनेको हैन साँचो हो ।

इन्जिनियर : अब खै म के भनौँ हजुरलाई

तिमिल्सिना : तँ मु.* लाई काट्ने हो । तैले अस्ति भेला बेलाउछु भनेको हैन । तँ मु..*ले के भनेको थियो । ओभरसियर पठाउछु भनेको हैन ।

इन्जिनियर : ओभरसियर पठाउँछु भनेको हो आउँछन् साथीहरु ।

तिमिल्सिना : ताईन तुईको कुरा गर्ने, ओभरसियर पठा । थाहा छैन मलाई तँ नेकपाको कार्यकर्ताका रुपमा काम गरिराछस् । म बाजुराका मान्छेलाई रेस्पेक्ट गर्ने मान्छे हुँ । राम्रो मुखले तपाई बाजुराको हुनुहुदो रहेछ भनेँ । तेरो मैले चाकडी गरेको हैन राम्रै कुरा भनेको तर तँ मु..*  त चोर रहेछस् ।

इन्जिनियर : ए प्रभु मैले अहिलेसम्म सम्झौता रोकेकै त हो..

तिमिल्सिना : तँ विनायक आ, साँफे आएर पनि तँलाई काट्ने औकात छ मेराे । मेरो बारेमा बुझ्,  तँजस्ता मु..*लाई काटेर जेल जान मलाई कुनै समस्या छैन थाहा पाइराख । १५, २० वर्ष के फरक पर्छ यार । ३० बर्षको भएँ । २० बर्षमा छुटि हाल्छु । जेलबाट छुट्दा ५० बर्षको हुन्छु । ५० बर्षमै कांग्रेसले युवा नेता मानिहाल्छ ।

इन्जिनियर : अब के भनौँ त मैले तपाई आवेशमा हुनुहुन्छ‍..

तिमिल्सिना : के भन्छु हैन । प्रक्रिया क्यान्सील गर । तेरो अध्यक्षतामा भेला बोलाएर मैले भने अनुसार काम गर नभए म मान्दिनF ।

इन्जिनियर : अब ठिकै छ त्यो पनि सोचौँला नि त अब के गर्ने..

तिमिल्सिना : सोचौँला हैन । तैले मेरा मान्छे राखेर भेला बोला । भनेको छु म डिजीको मान्छे हो । यदि यसो गरिनस् भने त मु..*लाई काट्ने हो । तलाई काट्न मलाई कुनै समस्या छैन । त्यो रेशम तिमिल्सिना छ नी त्यो दुई वटा मर्डर (हत्या) को केश लागेको मान्छे हो । मेरो भाई हो ।   उसलाई मैले छुटाएर ल्याएको । ऊ अहिले सुधारमा छ फेरि उसलाई अपराधि बनाउनु नपरोस् ।

उनको बारेमा बाँके जिल्ला अदालतमा बुझे हुन्छ । दुई वटा इन्काउण्टर सुट हानेको हो । आर्मीको क्याप्टेनलाई मारेको हो । बकाईदा बुझे हुन्छ । उसको प्रोफाईल कस्तो हो भनेर भोलि नै भन्छु उसलाई जंगे थापालाई मार भनेर । एकदम प्रष्ट बुझे हुन्छ । १ सय पटक हिरासतमा परेको, २१ वटा केस अदालतमा पुगेको, २ वटा हत्याको केश हो । त्यसैले प्रष्ट भेला गरा, मान्छे पठा । अब यति मात्र हुन्न । यो मिडिया बाजी हुन्छ, सब हुन्छ,  के के हुन्छ अब । के भन्नु हुन्छ त अब तपाई ?

इन्जिनियर : अब के भनौँ त म । तपाई एकदम आवेशमा हुनुहुन्छ..

तिमिल्सिना : आवेशमा हैन आवेशमा हैन प्रक्रिया बेशमा । तपाईले के भन्या म गाउँको मान्छे पठाउँछु भन्या हैन ?

इन्जिनियर : गाउँमा मान्छे पठाउछु त भन्या हो, मैले भन्या कुरा भन्या छैन त भनेको छैन ।

तिमिल्सिना : अनि.. अनि.. अनि.. किन नपठाको, हिजो किन समिति बनाको ?

इन्जिनियर : नाइँ, समिति यस्तो भो के हजुर, हिजो मर्ज भयो, उनिहरु दुबै  जनालाई म तपाईका अगाडि राखिदिन सक्छु हैन, हामी मिलेर आयौँ यहि हो समिति…………

तिमिल्सिना : मिलेर आए खै त त्यो अध्यक्षको सहमति ? अनि मिलेर आएपछि मु..* अनि नेकपा नेकपाको मान्छे मिलेर हुन्छ मा.*

इन्जिनियर : ए प्रभु म सबै चिन्दैन, वडा अध्यक्षको पनि सिफारिस चाहिन्छ….

तिमिल्सिना : चिन्दैन भने मु..* रेशम तिमिल्सिना पुग्या छ त त्याँ,  रेशम तिमिल्सिनाको नाउँ छ त्याँ

इन्जिनियर : को भन्नू भो?

तिमिल्सिना : रेशम तिमिल्सिनाको नाउँ छ त्याँ ?

इन्जिनियर : रेशम तिमिल्सिनाको छैन

तिमिल्सिना : रेशम तिमिल्सिना अध्यक्ष नभएर मर्ज हुन्छ ?

इन्जिनियर : त्यो त मलाई था भएन

तिमिल्सिना : था भएन हैन, कार्यकर्ता रुपमा काम गर्या छ, मैले लास्ट पटक भनेँ, तैले यो प्रक्रिया रोकिनस् भने पछि त मु.* लाई त मैले छ्याट्ट काटेँ काटेँ,  नकाटे पछि मेरो मा’को पोइ । जा…..

( दैनिक नेपालसँग सुरक्षित रहेको अडियो अति नै अश्लिल भएकाले यहाँ राख्न सकिएन । -स)

प्रतिक्रिया
सम्बन्धित