७ कार्तिक २०८३, शनिबार

टिचिङमा कलेजो प्रत्यारोपण सुरु हुँदै

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । शिक्षण अस्पताल महाराजगन्जले जेठ दोस्रो साताबाट कलेजो प्रत्यारोपण सुरु गर्ने भएको छ ।

काठमाडौं निवासी एक ५० वर्षीय व्यक्तिलाई ३० वर्षीया छोरीले कलेजो दान गर्न लागेकी छिन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चिकित्सकको लामो परामर्शपछि बाबुछोरी तयार भएका हुन् । अस्पतालले डा. रमेशसिंह भण्डारीको नेतृत्वमा यो सेवा सञ्चालन गर्न लागेको हो । प्रत्यारोपणका लागि भारतको अपोलो अस्पतालको विशेषज्ञ टोली पनि आउनेछ ।