शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

नासा र एन्माको १५औं संयुक्त सम्मेलनको दर्ता खुल्ला

दैनिक नेपाल २०७६ वैशाख २९ गते ६:१०

अमेरिका । दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) र मध्यपश्चिम राज्यहरुमा बस्ने नेपालीको संस्था एसोसियसन अफ नेपलिज् ईन मिड वेष्ट अमेरिका (एन्मा)को १५औं संयूक्त सम्मेलन अगस्त ३० देखि सेप्टेम्बर १ सम्म नर्थ क्यारोलिनाको शहर विन्स्टन सेलममा हुने भएको छ ।

हाइपोइन्टस्थित नेपालीहरुको साझा संस्था ट्राईड नेप्लिज कम्युनिटी सेन्टरको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनको रजिस्ट्रेशन खुल्ला गरिएको नासाका अध्यक्ष माधव ढकालले बताए ।

नासाका महासचिव कृष्ण श्रेष्ठद्वारा हालै सम्प्रेषित सूचना अनुसार नासाको आगामी दुइ बर्षे कार्यकालको कार्यसमितिको निर्वाचनको लागि डा.नरकाजी गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ । समितिको अन्य सदस्यहरुमा चर्चित कानून व्यवसायी बाशु फुलारा र समाजसेवी तथा बुद्धिजीबी माधव मैनाली रहेका छन ।

हरेक वर्ष झैँ यस पटकको सम्मेलनमा पनि स्थानीय तथा अमेरिकाको १४ भन्दा बढी राज्यहरुबाट प्रतिनिधिहरु सहभागिता जनाउने गरी तयारी भैरहेको सम्मेलन आयोजक समितिका अध्यक्ष प्रशिम पौडेलले बताए ।

संयूक्त सम्मेलनलाई व्यवस्थित बनाउन ११ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । सम्मेलन आयोजक संस्था ट्राईड नेप्लिज कम्युनिटि सेन्टका नवनिर्वाचित अध्यक्ष प्रशिम पौडेललाइ सम्मेलन प्रमुखको जिम्मेवारी दिईएको छ ।

सोही समितिमा नासाका अध्यक्ष माधब ढकाल, एन्माका अध्यक्ष बलराम पन्थी र समितिको उपाध्यक्षहरुमा तिनै संस्थाका प्रथिनिधिहरु रहेका छन ।

मूल समितिको कार्यव्यवस्थापन र बैठक परिचालनका सहजीकरणका लागि तीन सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

नासाका अध्यक्ष माधव ढकालले विगतमा झैँ यस पटक पनि सम्मेलन भव्य हुनेमा विश्वास व्यक्त गरेका छन् ।

एन्माका अध्यक्ष बलराम पन्थीले नेपाली कला र सस्कृतिको संरक्षण र प्रवर्दन गर्न, नेपाली नेपाली बीचको भाईचाराका बृद्धि गर्न सम्मेलन फलदायी हुने भएकाले सबैलाई सहकार्यका लागि आग्रह गरेका छन् ।

सम्मेलन प्रमुख प्रशिम पौडेलले सबै महानुभावहरुको हातेमालो भएमा सम्मेलन सफल र उपलब्धि मुलक हुने कुरामा आशा ब्यक्त गरेका छन् ।

आगामी सम्मेलनलाई अवसर र चुनौतिका रुपमा लिदै ट्राईड नेप्लिज कम्युनिटि सेन्टका निवर्तमान अध्यक्ष सान्त्वना खड्काले बिगतको झैँ सफल र उपलब्धीमुलक बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्मेलनमा नेपाली भाषा, कला सस्कृतिको संरक्षण गर्न, अमेरिकामा जन्मी हुर्केका बालबालिकालाई नेपाली संस्कार ,भाषा र संस्कृति सिकाउन मद्दत पुरयाउने हिसावले हरेक वर्ष यस्ता सम्मेलन आयोजना गर्ने गरिएको छ ।

सम्मेलनमा विभिन्न विषयगत गोष्ठि, नेपाली कला सस्कृति झल्काउने कला प्रस्तुति ,साहित्य र सांगितिक कार्यक्रमहरुका साथै युवा वर्गका लागि बैद्धिक र शारीरिक विकासका लागि बिभिन्न खेलकुद कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

सम्मेलनमा नेपालबाट चर्चित कलाकारका साथै विशिष्ठ व्यक्तिहरुलाई अतिथिका रुपमा आमन्त्रण गरिने छभने अमेरिका मा रहेका लोकप्रिय कलाकारहरुलाई सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि आमन्त्रण गरिने भएको छ ।

यस पटक नेपाली गायन प्रतिस्पर्धा समेत गर्न लागिएको कुरा सो समितिका संयोजक रोशन श्रेष्ठले बताएका छन् । सम्मेलन सफल पार्नका लागि अन्य विभिन्न समितिहरु गठन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित