
दोहा, २८ बैशाख । कतार नेपाली एकता समाज अन्तर्गत महिला विभागको पुनर्गठन गरिएको छ ।
जानुका बस्नेत (खडका)को संयोजकत्वमा ७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिमा रोजीना बास्तोला, (गौतम) झापा, कुमारी काउछा मगर, (बाग्लुङ्ग), हिरा शर्मा (बाग्लुङ्ग), सरिता तामाङ्ग (सिक्किम), अप्सान खान (मकवानपुर) र अमिना खान (मकवावपरु) रहेका छन् ।
कार्यक्रमलाई संवोधन गर्दै कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष धन परियारले नवनिर्वाचित नयाँ सदस्यहरुलाई आगामी कार्यकालको लागि निरन्तर अगाडी बढ्ने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया