आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

संकुचित बुझाईले रिटर्नी माइग्रेट नेपालको राष्ट्रिय अभियानलाई बुझ्न सकिन्न

काशिराम ढुंगाना  २०७६ वैशाख २८ गते १२:१७

-काशिराम ढुंगाना 

रिटर्नी माइग्रेट नेपालले देशको आर्थिक उत्पादनसँग जोडिएर आफ्ना क्षमताको उपयोग गर्ने मुद्धा रिटर्नी स्वयं र देशको समेत हितलाई ध्यानमा राखेर उठाएको हो ׀ जब हामी देशकै एउटा क्षेत्रको मुद्धा उठाउछौँ यसर्थमा हामी सरकारसँग सहकार्य गरेर जाने भनिएको हो भन्ने मलाई लागेको छ ׀

छोटो आयु भए पनि यस संस्थालाई जन्माउन र यसको पालन पोषण गर्न अभियानका बिन्दुबाट लागेका धेरै योग्यता र क्षमतावान साथीहरुले आफ्ना चाहनाहरुको त्याग गर्नुभएको छ र संस्थाले एउटा ठोस आकार ग्रहण गरेको छ । संस्थाले यसलाई कहिले बिर्सन सक्दैन र हुँदैन पनि ׀

हामीसँग रहेको जुनसुकै प्रकारको क्षमता छ त्यसको एकीकृत रुपमा उपयोग गर्ने कुरा व्यक्तिगत रुपमा त सम्भव छैन नै सामुहिक रुपामा गरिने लगानीको क्षेत्रमा आईपर्ने नीतिगत र व्यवहारिक चुनौतीको सामना गर्न समेत हामी आफू पूर्ण छैनौँ ׀ त्यसकारण पनि सरकारसँग सहकार्य गरेर जानु पर्छ भन्ने संस्थाको निष्कर्ष हो ׀ यसै निष्कर्षलाई आधार बनाएर हाम्रो संस्था नेपाल सरकार र यसका विभिन्न निकायसँगको निकटतामा अगाडी बढेको छ ׀

संस्थाको हालै सम्पन्न प्रथम साधारण सभा र यसले गरेको नेतृत्व निर्माणको विषयलाई लिएर संस्था बाहिर व्यक्तिगत रुपमा र छापामा समेत केहि असन्तुष्टि प्रकट भएको सुनिसके पछाडि संस्थाले आफ्ना धारणा त सार्बजनिक बनाउला नै तथापी,  यस ऐतिहासिक संस्थाको एउटा जिम्मेदार पदाधिकारी भएकोले यसबारे केहि चर्चा गर्न जरुरी ठान्दछु ।

सामाजिक कार्य भनेको त्याग मात्र हैन व्यक्तिगत चाहना र स्वार्थको बलिदानी पनि हो ׀ निजि स्वार्थलाई केन्द्रमा राखेर गरिने कुनै पनि कार्य सामाजिक कार्य हुन सक्दैन, गरिदैनन् पनि ׀ वैदेशिक रोजगारबाट फर्केका सम्पूर्ण नेपालीहरुको साझा संस्था रिटर्नी माइग्रेट नेपाल भर्खर जन्मेको शिशु संस्था हो ׀ अभियानको बिजारोपण भएको समयलाई समेत गणना गर्दा पनि यसको आयु जम्मा १ बर्षको छ ׀ छोटो आयु भए पनि यस संस्थालाई जन्माउन र यसको पालन पोषण गर्न अभियानका बिन्दुबाट लागेका धेरै योग्यता र क्षमतावान साथीहरुले आफ्ना चाहनाहरुको त्याग गर्नुभएको छ र संस्थाले एउटा ठोस आकार ग्रहण गरेको छ । संस्थाले यसलाई कहिले बिर्सन सक्दैन र हुँदैन पनि ׀

व्यक्तिका नित्तान्त व्यक्तिगत चाहना पुरा गर्न तथा कुनै एक राजनीतिक पार्टीको झोला भिरेर गैर राजनीतिक संस्थालाई राजनीतिक झोला सिद्ध गर्न संचार माध्यमलाई प्रयोग गर्नु कदापी सकारात्मक कार्य हैन भन्ने मेरो बुझाइ छ ׀

अझ सबै भन्दा ठूलो भूमिकाको कुरा गर्दा इतिहासमै पहिलो पटक नेपालमा वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुसँग रहेको र उनीहरुले नि:शुल्क रुपमा बोकेर ल्याएको क्षमताको पहिचान गर्दै नेपाल सरकारको एउटा अंगकै रुपमा रहेको सरकारी निकाय राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र सिंगो युवा परिषदबाट हाम्रो चाहनाको उच्च वोध गर्दै संस्था जन्माउने तथा सेकताप गर्ने कार्य भएको छ । त्यो नित्तान्त नयाँ सम्भावनाको खोजको बिषय हो भन्ने हामीले बुझेका छौं ׀ त्यसकारण उहाँको चासोको तुच्छ वर्णन गरेर उहाँहरुको सकारात्मक बुझाई एवं हामी प्रतिको सद्भावलाई कमजोर बनाउन हुँदैन तर, पनि मैले यो प्रसंग यहाँ किन उठाएको भने संस्थाको नेतृत्व निर्माणमा रहेको असन्तुष्टि पोख्ने सवालमा माधव ढुंगेल समेतको नाम मुछेर वदनाम गर्न खोज्नु अत्यन्तै असोभनिय कार्य हो भन्ने मलाई लाग्छ ׀

रिटर्नी माइग्रेट नेपाल एउटा गैर राजनीतिक संस्था हो ׀ व्यक्तिगत रुपमा हामीले जुनसुकै राजनैतिक अथवा अन्य बिचार र आस्था राख्ने भएपनि यो संस्था र यसभित्र गरिने गतिविधिमा कुनै राजनीतिक भूमिकाको मूल्य हुन सक्दैन ׀ यो कुराको ज्ञात हुँदाहुँदै जाहेर गरिएको असन्तुष्टि हेर्दा कोहि कसैले आफ्ना तुच्छ राजनीतिक चाहना बोक्नु बाहेक संस्था कसरी अगाडी बढेको छ, यो संस्थाले गरेका गतिविधिहरु यसले अगाडी सारेका उद्देश्य उन्मुख छन् कि छैनन् र उद्देश्य प्राप्तिको लागि आवस्यक सहि मार्ग तयार गरेको छ कि छैन भन्ने बारेमा कुनै पनि कहिँ कतै चेस्टा सम्म पनि गरेको पाइदैन ׀ व्यक्तिका नित्तान्त व्यक्तिगत चाहना पुरा गर्न तथा कुनै एक राजनीतिक पार्टीको झोला भिरेर गैर राजनीतिक संस्थालाई राजनीतिक झोला सिद्ध गर्न संचार माध्यमलाई प्रयोग गर्नु कदापी सकारात्मक कार्य हैन भन्ने मेरो बुझाइ छ ׀

संस्थामा भूमिका राजनैतिक पृष्ठभूमीको आधारमा हैन कि संस्थाप्रतिको लगावको आधारमा, काम गराई र खटाइको आधारमा हुनुपर्छ भन्ने मलाई लाग्छ ׀ मेरो जानकारीमा रहे सम्म शुरुआती अभियानदेखि आजसम्म संस्थाले गरेका कुनै पनि गतिविधिमा कसैको राजनीतिक चासोप्रति ध्यान दिएको पाएको छैन र संस्थाको भलाईको लागि त्यसतर्फ ध्यान दिनु पनि हुँदैन ׀ यदि कोही कसैलाई राजनीति नै गर्नु छ भने खुलेर देशमा भएका राजनीतिक पार्टी अथवा नयाँ पार्टी खोलेर पनि आफ्नो भूमिका स्थापित गर्न सक्नुहुन्छ र सक्छौं तर यो संस्थाभित्र राजनीतिक क्रियाकलाप हुनुहुँदैन भन्ने कुरामा हामी सबै रिटर्नीहरु सचेत हुनुपर्छ ׀

मेरो अनुभवमा अभियानको शुरुआती दिनदेखि आजसम्म आदरणीय माधव ढुंगेल करिब १ दर्जन पटक भेट भयो होला यतिका भेटमा कोही कसैको बारेमा पनि राजनीतिक चासो व्यक्त गरेको पाएको छैन ׀ त्यसकारण संस्थामा रहेका असन्तुष्टिका कारण संस्था निर्माणमा रहेको रुचिका आधारमा नित्तान्त फरक निकाय र स्थानमा रहनुभएका आदरणीय माधव ढुंगेलप्रति कटाक्ष गर्नु, उहाँको कद होचो बनाउन खोज्नु र उहाँसँग रहेको राजनैतिक टकरावको कारण संस्थाको गरिमामा आँच पुर्उयान खोज्जु रिटर्नी माइग्रेट नेपाललाई हृदयदेखि माया गर्ने कसैबाट पनि हुनुहुँदैन ׀

अन्त्यमा, संस्थामा जति धेरै सहभागिता त्यति नै आकांक्षा हुनु स्वाभाविक हो ׀ असन्तुष्टिलाई सन्तुष्टिमा बदल्नु नेतृत्वको क्षमताको कुरा हो ׀ सम्बन्धित पक्षको सकारात्मक जिज्ञासाहरु एवम् असन्तुष्टिहरु संस्था र यो नवनिर्मित नेतृत्वले आवश्यकता र औचित्यको आधारमा सम्बोधन गर्ने नै छ ׀ तर, एउटा अन्तिम सत्य के हो भने यो संस्था र यो अभियानले बैदेशिक रोजगारबाट फर्केका नागरिकहरु, उनीहरुको पहिचानको सवाल, सामाजिक पुनर्स्थापनाको सवाल तथा रोजगारी र व्यवसायिक रुपमा स्थापित हुन सघाउने बाहेक अन्य कुनै वैचारिक वा दलगत आस्थासँग सरोकार राख्दैन र राख्न सक्दैन ׀ यसमा स्पष्ट हुनु जरुरी छ ׀

लेखक ढुंगाना रिटर्नी माइग्रेन्ट नेपालका उपाध्यक्ष हुन्  ।

प्रतिक्रिया
सम्बन्धित