आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

श्रृंखला खतिवडा न्यू योर्क आउँदै

दैनिक नेपाल २०७६ वैशाख २८ गते १०:०४

विजय थापा

डिसी । मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा न्यूयोर्क आउने भएकी छिन् । आगामी अगस्त १७ का दिन अमेरिकाको न्यूयोर्क शहरमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि आउने भएकी हुन् ।

खतिवडा पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाताको रुपमा आउने आयोजकले बताएका छन् । मिस वर्ल्डमा उत्कृष्ट १२ मा पुग्न सफल मिस नेपाल वर्ल्ड २०१८ कि श्रृंखला खतिवडा मिस वर्ल्डमा व्यूटि वीथ प्रपोज र मिस मल्टिमिडियाको उपाधि हात पार्न सफल भएकी थिइन् ।

नेपालको प्रतिनिधित्व गर्दै चीनमा सम्पन्न प्रतियोगीमा सहभागी भएकी मिस नेपाल २०१८ खतिवडाको चर्चा उपचर्चा सामाजिक सञ्जालमा ब्यापक भएको थियो ।

मिस नेपाल नर्थ अमेरिका २०१९ का आयोजक द्वारा जारी गरिएको छापा बिज्ञप्तिमा खतिवडाले पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाता को रुपमा सहभागी जनाउने भएकोमा हर्ष व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित